२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

संविधान दिवसको अवसरमा दीप प्रज्वलन

२०७८ आश्विन ३, आईतबार मा प्रकाशित ( साल अघि) ८३६ पाठक संख्या

सिमरा, ३ असोजः संविधान दिवसको अवसर पारेर सिमरामा दीप प्रज्वलन गरिएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै दीप प्रज्वलन गरी संविधान दिवस मनाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगर पालिका वडा नं २ सिमराचोकमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूले दीप प्रज्वलन गरेका छन् ।

1632057539840

दीप प्रज्वलनमा नेपाली काँग्रेसका मेयरका प्रत्यासी कृष्णव्रत सिंह, नेपाल महिला सँघकी केन्द्रीय सदस्य नारायणी रायमाझी, नगर सभापति श्यामबाबु गुप्ता, नगर सचिव सुसिल ढोडारी, नेपाल पत्रकार महासँघका अध्यक्ष रेशम तिवारी, पूर्व नगर सभापति छविलाल शर्मा, वडा नं १ का वडा सभापति रामबहादुर अधिकारी, वडा नं २ का वडा सभापति दीपक शर्मा, सचिव सन्तोस कार्कीर्र्, काँग्रेस नेतृ गीता शर्मा, युवा नेताहरू विनोद मण्डल, नवीन बराल, ठगइ ठाकुर, सुरेन्द्र गुप्ता, इन्दु ढोडारी, रीता रिजाललगायतको उपस्थिति रहेको थियो ।

1632057599132

 

त्यस्तै नेकपा एमालेले पनि आज सिमरा चोकमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ ।

1632057626937

कार्यक्रममा साविक पिपरा सिमरापूर्व गाविस अध्यक्ष भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडा सदस्य धनबहादुर श्रेष्ठ,  महिला नेतृ कमला घिमिरे, युवा नेता ताराबहादुर कार्की, आरिफ हुसेन,  राजेन्द्र गौतम, राजु गौतम, रवीन्द्र खकुरेल, रत्न उप्रेती, ईश्वर थपलिया, राजकमार न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

FB_IMG_1632061669074

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु