सिमरा, ८ असोजः सिमरा जेसिसले शुक्रबार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
‘राइज टु चेन्ज लिडरसीप प्राक्टिस फर ह्यूम्यान डेभलपमेन्ट’ शीर्षकमा वत्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । बाराको जीतपुरसिमरा उपमहानरपालिका भित्रका १८ वटा विद्यालयहरूको कार्यक्रममा सहभाागिता रहेको थियो ।
प्रतियोगितामा सिमरा पव्लिक इङ्लिस स्कुलकी छात्रा काजल प्रथम, केयर भिजन इङ्लिस स्कुलका छात्र अरुण चौधरी द्वितीय, नेरामावि औराहाका छात्र ईशान खरेल तृतीय, जीतपुर पव्लिक इङ्लिस स्कुलकी छात्रा सन्ध्या गुप्ताले सान्त्वना स्थान हासिल गरेका थिए ।
वक्तृत्वकला फ्रतियोगिता कार्यक्रमकको संयोजन लक्की रिमाालको रहेको थियो । कार्यत्रमको सञ्चालन रञ्जित सापकोटाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जेसीआई सिमरा वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीको रहेको थियो ।