२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घण्टीमाई साकोसको नवौँ वार्षिक साधारणसभाको समापन

२०७८ आश्विन ९, शनिबार मा प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

औराहा,९ असोजः एक साताअघिदेखि सुरु भएको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा आज समापन भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ मा रहेको उक्त सहकारी २०७० सालमा स्थापना भएको थियो । एक हजार चारसय चार सेयरसदस्य रहेको सहकारी संस्थाले हाल ५९ लाख ७३ हजार ४ सय २१ रुपियाँ नाफा बाँडफाँड गरेको जनाएको छ ।

1632572932161

संस्थाका अध्यक्ष कोपिला सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा . कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख सरस्वति चौधरीको विशेष आतिथ्यता रहेको थियो ।

1632572962275

कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, औराहा पशुपालन सहकारी संस्थाका कोषाध्यक्ष कुमारनाथ त्रिपाठी, औराहा उपभोक्ता सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त पन्थी, नेपाल राष्ट्रिय मावि औराहाका प्रधानाध्यापक गणेश पौडेल, हातेमालो साकोषका कोषाध्यक्ष दीपक भट्ट, संगालो साकोषका अध्यक्ष शालिकराम अधिकारी, प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रमेश खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव भवन खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष थानेश्वर पाध्य, लेखा समिति संयोजक डम्बर खड्का ,सदस्य त्रिलोकशाही ठकुरी, सल्लाहकार सदस्य छविलाल वाग्ले, दुर्गामन्दिर सेवा समितिका सरिता पौडेल, चेतनशील महिला समूहका माया पाठक लगायतको उपस्थिति रहेको थियो ।
उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार
घण्टीमाई वचत तथा ऋण सहकारी संस्थाले यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार विदुर खड्कालाई प्रदान गरेको छ ।

1632573015518

पत्रकार खड्कालाई २हजार ५ सय नगद र सम्मानपत्रद्धारा पुरस्कृत गरिएको हो ।
विभिन्न विधामा सम्मान तथा पुरस्कार
सहकारीले उत्कृष्ट विद्यार्थी पुरस्कारबाट औराहामाविका छात्रा अस्मिता चौधरी, र छात्र शेख साहेवलाई पुरस्कृत गरेको छ । पुरस्कारको राशी जनही १हजार ५ सय र प्रशंसापत्र रहेको छ । त्यस्तै उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारी र उत्कृष्ट व्यवसायी कृषकलाई नगद र कदर तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु