२०८१ मंसिर ८, शनिबार
सिमरा, २२ असोजः दशैँको अवसर पारेर सिमराका व्यवसायीरूले सिमरा बजारलाई छाताले सजाएर रङ्गीन बनाएका छन् ।
पानी परेपछिको आकाश खुलेर ईन्द्रेणी परेजस्तै सिमरा बजार आकर्षक र मनमोहक देखिएको छ ।
बाराको सिमरा एयरपोर्ट रोडलाई सात सय छाताले सजाउने कार्य भैरहेको वताइएको छ । ग्रासरुट फाउण्डेसनअन्तरगतको एयरपोर्ट रोड सजावट समितिले रोड तथा वजारलाई सजाएर चिटिक्क पार्ने कार्य गर्दैछ । गएको वर्ष थाङ्काले सजाएको थियो ।