२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

शनिवार बजनीमा निशुल्क आँखा शिविर सञ्चालन हुँदै

२०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित ( साल अघि) १३०७ पाठक संख्या

 

सिमरा, ४ कात्तिकः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ३ बजनीमा निशुल्क आँखा शिविर हुने भएको छ ।

1634825669928

मात्रिका फाउण्डेशन, लाईन्स क्लब अफ जीतपुरसिमरा र लियो क्लव अफ जीतपुरमिराको संयुक्त आयोजनामा शनिवार जीतपुरसिमराको बजनीस्थित नेपाल राष्ट्रिय नि.मा.वि मा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।
नेत्र विशेषज्ञ डा. अमृत आचार्य (एम.डी) नेतृत्वको टोलीले शनिवार बजनीमा आँखा शिविर सञ्चालन गर्न लागिएको हो । आउँदो शनिवार बिहान  ९ः३० बजेदेखि शुरु हुने आँखा शिविरमा मोतियाबिन्दुसहित आँखा सम्वन्धि जुनसुकै समस्या भएकाहरुले पनि निशुल्क परिक्षण गर्न सक्ने बताइएको छ । आँखा शिविरमा सेवा लिन आउनु बिरामीहरुका लागि आवश्यकताअनुसार आँखाको औषधी, चश्मा तथा मोतियाबिन्दुको निशुल्क शल्यक्रियासमेतको व्यवस्था गरिएको नेपाली काँग्रेसकी नेतृ तथा समाजसेवी नारायणी रायमाझीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु