२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सामाजिक कार्यकर्ताहरूको लागि आयोजित सेफगार्डिङ् तालिमको समापन

२०७८ कार्तिक ६, शनिबार मा प्रकाशित ( साल अघि) ५१५ पाठक संख्या

सीता अधिकारी
सिमरा, ६ कात्तिकः सामाजिक कार्यकर्ताहरूको लागि आयोजित तीनदिने सेफगार्डिङ् तालिम आज समापन भएको छ ।

1634985877147

दि लिप्रोसी मिसन नेपालको सहयोग तथा आइडिया नेपाल र हिल नेपालको सहजीकरणमा आयोजित उक्त तालिम समापन भएको हो ।सामाजिक कार्यकर्ताहरूका लागि सेफ गार्डिङ तालिम आयोजना गर्नुको उद्देश्य समाजमा भएका कुष्ठरोग प्रभावितलाई गरिने दुर्व्यवहार तथा विभेद हटाउने र समयमा उपचार पाए यो रोग निको हुन्छ भन्ने समाजमा जनचेतना फैलाउने पनि रहेको दि लिप्रोसी नेपाल बाराका कोअर्डिनेटर त्रिलोक कुमार मण्डलले बताउनुभयो ।

1634980312904

कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको तालिमको सहजीकरण बरिष्ठ सामाजिक कार्यकर्ता रामहरि रेग्मी र त्रिलोककुमार मण्डलले गर्नुभएको थियो ।कार्यक्रमका सहभागीहरूले कार्यक्रम अत्यन्त फलदायी भएको बताउँदै आगामी दिनमा पनि संस्थाले ग्रामीण भेगका मानिसहरू, विद्यार्थी, स्वयंसेविका, सामाजिक अगुवालगायतलाई चेतनामूलक कार्यक्रममा सहभागी गराउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी श्याम सुवेदी, सीता तिवारी, सीता कार्की, रघु लामिछानेलगायतले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको समापन पत्रकार विदुर खड्काले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु