२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

शिविरमा तीन सय तीस जनाको आँखा परीक्षण, ८५ जनाको शल्यक्रिया गरिने

२०७८ कार्तिक ६, शनिबार मा प्रकाशित ( साल अघि) ८४७ पाठक संख्या

सीता अधिकारी
बजनी, ६ कात्तिकः बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ बजनीमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

1634985565202

शिविरमा उपमहानगरका वजनी, जीतपुर, बकुलिया, रामवन, सिमरा, नरवस्ती लगायतका ठाउँहरूबाट आँखाका विरामीहरू परीक्षणका लागि आएका थिए । लायन्स क्लव अफ जीतपुर सिमरा, मात्रिका आइ फाउण्डेसन, लियो क्लव अफ जीतपुरसिमराको आयोजनामा गरिएको उक्त शिविरमा .तीनसय तीस जनाकोआँखा परीक्षण गरिएको थियो ।

1634993365351

नेत्र रोग विशेषज्ञ डा. अमृत आचार्यको संयोजकत्वमा भएको शिविरमा ८५ जनालाई मोतियाविन्दुको निशुल्क शल्यक्रियाको लागि मात्रिका आइ फाउण्डेसन रिफर गरिएको समाजसेवी एवं लायन नारायणी रायमाझीले बताउनुभयो ।

शिविर सञ्चालन हुनुभन्दा अघिको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य डा. शोभाकर पराजुली, संविधान सभा सदस्य लालबाबु सिंह, समाजसेवी कृष्णव्रत सिंह, जनप्रतिनिधिहरू दुर्गा रिजाल, विनिता रेग्मी, रुकुमाया पाख्रिन, लायन्स क्लव ३२५का रिजन चेयर प्रसन मुकुन्दबहादुर क्षेत्री, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सँघका निवर्तमान अध्यक्ष सञ्जय साह, हातेमालो साकोसका अध्यक्ष यज्ञ आले, महिला नेतृ गीता कँडेल, कालिका ढकाल, पुस्कर रायमाझी, डमरु विकलगायतको उपस्थिति रहेको थियो । लायन नारायणी रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुशिल ढोडारीले गर्नुभएको थियो ।

1634993475996

1634993510231

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु