२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा साहित्य समाजद्वारा देवकोटालाई सम्झँदै विविध कार्यक्रमको आयोजना

२०७८ कार्तिक १३, शनिबार मा प्रकाशित ( साल अघि) १०१५ पाठक संख्या

सिमरा १३ कातिकः एक सय तेह्रौँ लक्ष्मी जयन्तीको अवसरमा सिमरा साहित्य समाज सिमरा बाराले आज स्रटा सम्मान तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ ।

1635599007123

कार्यक्रममा विभिन्न कवि तथा कवयित्रीले आफ्ना रचना वाचन गरेका थिए ।
स्रष्टा सम्मान
स्रष्टा सम्मान अन्तरगत यस वर्ष सिमरा साहित्य समाजले वरिष्ठ साहित्यिकार प्रा. डा. वेदव्यास उपाध्याय अर्थात निर्मोही व्यासलाई सम्मान गरेको छ ।

1635598993190

वि. सं २००९ सालमा बाराको कलैयामा जन्मनुभएका निर्मोही व्यासको सिर्जना यात्रा २०१७ देखि सुरु भएको हो । विभिन्न शिक्षण संस्थामा ४३ वर्ष शिक्षण गर्नुभएका व्यासको प्रकाशन यात्रा २०२६ देखि सुरु भएको हो । बेहुली अन्माएको घर कविता संग्रह, सरिता काव्य, एलबमका पानाहरू उपन्यास लगायत, नियात्रा संग्रह, कथा संग्रह, संस्मरण संग्रह लगायतका करिव १८ वटा कृतिहरू प्रकाशित भएका छन् ।
महाकविका रचना वाचन
महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धाभाव तथा सम्मान प्रकट गर्दै विभिन्न विद्यालयका विद्यार्थीहरूले देवकोटाद्वारा रचित रचना वाचन गरेका थिए । कार्यक्रममा लोटस एकेडेमीका छात्रछात्रहरू क्रमशः सक्षम घिमिरे, प्रतिज्ञा बुढाथोकी, र नेहा शर्मा, अक्षरा पाठशालाका छाक्रछात्रा क्रमशः कृतिका वस्नेत र राजवीत्रम थापा, सिमरा पव्लिक अंग्रेजी विद्यालयका छात्राहरू क्रमशः काजल मण्डल र अनुष्का थापा र सिमरा कलेजमा अध्ययनरत छात्रा हिमानी क्षेत्रीले महाकवि देवकोटाप्रति सम्मान व्यक्त गर्दै रचना वाचन गर्नुभएको थियो ।
रचना वाचनः
लक्ष्मी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा चन्द्रप्रकाश सुवेदी, राम पराजुली, अप्सरा पुडासैनी, सुशिल मुडभरी, इसाक हुसेन, राम खनाल, अभिनास सापकोटा, राघव उपाध्याय, कृष्ण अधिकारी, प्रितम वास्तोला, अविनाश आचार्य, गोपाल पौडेल, सुसिल पौडेल लगायतले आफ्नो रचना वाचन गर्नुभएको थियो । यसैगरी ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका उपप्राध्यापक ईन्द्रप्रसाद भट्टराईले देवकोटाको कवित्व र व्यत्तित्वमाथि चर्चा गर्नुभएको थियो ।

मायाको चिनो तथा प्रशंसापत्र प्रदान
कार्यक्रममा उपस्थित अतिथिहरूलाई सिमरा साहित्य समाजका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने विभिन्न विद्यालयबाट सहभागी भएका छात्रछात्राहरूलाई संस्थाका अध्यक्ष शालिकराम अधिकारी र संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले संयुक्त रूपमा प्रदान गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष शालिकराम अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष जगन्नाथ घिमिरे, नेपाल पत्रकार महासँघका अध्यक्ष रेशम तिवारी, पर्यटन अभियन्ता मोहनशर्मा लामिछाने, भिम खकुरेल, रामकृष्ण सुवेदी, भवन खड्का, केदार विशुराल, भोला अधिकारी, नारायण प्रसाद पौडेल, प्रदीप धनञ्जय, रामप्रसाद पोख्रेल, कृष्ण सिग्देल, राजु न्यौपाने, ऋषि काफ्ले, सरु थापा, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीको स्वागत रहेको थियो भने सीता अधिकारीको सञ्चालन रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु