२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

काठमाडौँमा मेलम्ची, तराईमा आर्सेनिक व्यवस्थापन गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

२०७८ कार्तिक १३, शनिबार मा प्रकाशित ( साल अघि) १०२२ पाठक संख्या

काठमाडौं, १३ कातिकः नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी आफ्नो कार्यकालमै काठमाडौ बासिलाइ बितरणको ब्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुृभएको छ ।

 

Received_1943835069149299

 

आफूले मन्तालयको प्राबिधिक कुरामा बिज्ञ कर्मचारीहरुसग परामर्शमा अहिलेसम्म समय बिताएको र मेलम्चीको लागि बिज्ञहरुलाई मेलम्ची पठाइसकेको र छिटै उनीहरुको प्रतिबेदन हेरेर काम अगाडि बढाउने मन्त्री चौधरीले बताउनुभयो । उहाँले तराई मधेसमा भूमिगत पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै आर्सनिक पानी पिउनुपर्ने बाध्यताबाट मुक्त गर्ने योजना आफ्नै कार्यकाल सम्पन्न योजना रहेको बताउनुभयो ।
गौसलाको कृस्णप्रसाद सिटौलाको सम्पर्ग कार्यलयमा आफ्नै निमन्त्रणामा कृस्णप्रसाद सिटौला, गगन थापा, भिमसेन दास प्रधान लगायतका नेताहरुको उपस्थिति भएको चियापान कार्यक्रममा बोल्दै कृस्ण प्रसाद सिटौला नै सबैलाई समेटने नेता भएको र उहाँकै कै नेतृत्वदायी भुमिकाले नेपाली काङ्ग्रेस अघि बढ्ने बताए ।आफु माननीय हुदाहुदै आफु मन्त्री नबनि युवा नेता गगन थापा र प्राध्यापक संघका पुर्व सभापति भिमसेनदास प्रधानलाइ मन्त्री बनाउने सिटौलाको त्यागलाई स्मरण गराउनु भयो ।
नेपाल ट्रेड युनियनका अध्यक्ष पुस्कर आचार्य, महिला सघका महासचिव धना खतिवडा पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरी पूर्व स्वास्थ राज्यमन्त्री तारामान गुरुङ ने बि सघ महामन्त्री बलदेव तिमल्सिना लगायतका नेताकार्यकर्ताको उपस्थिति थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु