२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उत्कृष्ट कारोवार गर्ने सप्तरंगी साकोसको १० औँ वार्षिक सभाको समापन

२०७८ कार्तिक १३, शनिबार मा प्रकाशित ( साल अघि) ६५६ पाठक संख्या

सिमरा, कातिक १३ः बारा जिल्लाको उत्तरी भेगमा रहेर उत्कृष्ट कारोवार गर्दै आइरहेको जीतपुर सिमरा उपमहानगरपालिका डुमरवानामा रहेको सप्तरंगी साकोसको १० औँ वार्षिक साधारण सभा आज समापन भएको छ । एक महिनाअघिदेखि नै सुरु भएको वार्षिक साधारण सभा आज समापन भएको हो ।समापन कार्यक्रमको उद्घाटन जिल्ला वचत सँघका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभएको थियो ।

Received_404117557870542

कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष रामशरण वर्तौला, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजु अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समिति संयोजक अनिल चौधरीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, व्यवसायीहरुलाई जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यसैगरी सप्तरङ्गी समाजसेवा पुरस्कारबाट स्व. अभिमनयु बहादुर क्षेत्री र टंकप्रसाद पराजुलीलाई पुरस्किृत गरिएको थियो ।
संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक सदस्य गोमा बासकोटाको स्वागत मन्तव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु