२०८१ पौष १९, शुक्रबार
नयाँ
पछिला अपडेट

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन

२०७८ कार्तिक २५, बिहिबार मा प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

सीता अधिकारी
सिमरा,२५कातिकः उदाउँदो सूर्यलाई आज बिहान अर्घ दिएर व्रतालुहरुले चारदिने महाअनुष्ठानको पर्व छठको विधिवत सम्पन्न गरेका छन् ।हिजो बुधबार साँझ अस्ताउँदो सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् ।

1636607953856

योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान पर्वको उल्लास पनि सकिएको छ ।भूमि अर्थात प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् । घरका पुरुष सदस्यले दौरा (पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी) बोकेर छठघाटसम्म लगिदिन्छन् । दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बसेका हुन्छन् । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । व्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् ।

1636607888475

त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ ।

1636609219185

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ । सिमरास्थित छठीमाई पूजा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष राजाराम साह छठीमाताको निष्ठासाथ पूजा गर्दा रोग तथा दरिद्रीबाट मुक्त होइने बताउनुहुन्छ ।

1636608297690

बाराको सिमरा आसपासको छठीमाई मन्दिर , पानी ट्यांकी, जितपुरको रातुपुल, , दुधौरा, लगायतका क्षेत्रमा लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठका विशेष रौनक देखिने गरेको छ । चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस भनेर छठी माता र सूर्यको आराधना गर्ने गर्दछन् ।
छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति, सन्तान सुख पाइन्छ भन्ने जनविश्वास छ । छठमा आफू व्रत बस्न नसक्नेले अरु ब्रतालुहरुबाट अर्घ चढाउने पनि चलन छ ।

1636607783270

कतिपयले भिक्षा मागेरै पर्व मनाउने गर्छन् । छठ तराईमा मात्र होइन पहाडी भेगमा पनि उत्तिकै धुमधामसँग मनाउन थालिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु