२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जालझेलका कारण आफूहरु सरकारबाट बाहिरिन बाध्य भएको पूर्व परराष्ट्रमन्त्री ज्ञवालीको दुखेसो

२०७८ कार्तिक २६, शुक्रबार मा प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

पथलैया,२६ कातिकः नेकपा एमालेका सचिव एवम् पुर्ब परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विपरीत पार्टीको जालझेलका कारण आफूहरु सरकारबाट बाहिरिन बाध्य भएको दुखेसो पोख्नुभएको छ ।

1636732082922

नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १ ले पथलैयामा आज आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे ज्ञवालीले विपरीत पार्टीले गरेको जालझेल तोड्ने उर्जा आफू र आफ्नो पार्टीमा आएको पनि जनाउनुभएको छ । उहाँले अब चुनौतीको पर्खाल तोडेर अधुरा सपना पूरा गर्दै नेपालका भुमिहीन जनतालाई समस्याबाट मुक्त गराउने जिकिर समेत गर्नुभयो ।
कार्यक्रममा १७० जनाले पार्टी प्रवेश गरेको बताइएको छ । एमालेमा आज नेपाली काङ्ग्रेस, माओबादी केन्द्र लगायतको पार्टीका सदस्यहरु प्रवेश गरेको वताइएको छ ।

Received_614142843073240

नेपाली काँग्रेसका क्रियाशिल सदस्य होइनन् ःनेका वडा १ का अध्यक्ष अधिकारी
नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका कोही पनि क्रियाशिल सदस्य प्रवेश नगरेको नेपाली काँग्रैस जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष रामबहादुर अधिकारीले वताउनुभएको छ । उहाँका अनुसार नेपाली काँग्रृेसका क्रियाशिल सदस्य नभइ स्वतन्त्र र तटस्थ रहेका व्यक्तिहरु नै एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा उपस्थिति
जीतपुरसिमरा १ का अध्यक्ष ईश्वर थपलियाको सभापतित्वमा सम्पन्न ऊक्त कार्यत्रममा नेकपा एमाले केन्द्रिय सदस्य अच्युत मैनाली ,केन्द्रिय सदस्य एवम प्रदेश २ अध्यक्ष पूर्व मन्त्री ज्वाला शाह, केन्द्रिय सल्लाहकार सदस्य एवम पूर्व मन्त्री पुरुषोत्तम पौडेल,जिल्ला अध्यक्ष देबनारायण चौधरी, एमालेका नेता मनोज पौडेल, प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा नगर प्रमुख डा. कृष्ण पौडेल कोल्वी नगरपालिका प्रमुख भरत भण्डारी ,जीतपुर सिमरा उपप्रमुख सरस्वती चौधरी, नेताहरु ढुन्डिराज उप्रेती,जयप्रकाश यादब, अमर यादब, चयन मगर गुरुङ ,सीता सुवेदी, अमृतलाल श्रेष्ठ ,त्रिलोक शाह ठकुरी,तारा कार्की, कासिम हुसेन, कोपिला सिम्खडा, भोला अधिकारी, कमला घिमिरे, हिरा बस्नेत ,भावना आचार्यलगाएतको उपस्थिति रहेको थियो।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु