२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

काठमाण्डौँमा “किन लाग्यो इन्द्रेणी“ सार्वजनिक

२०७८ कार्तिक २७, शनिबार मा प्रकाशित ( साल अघि) ९८४ पाठक संख्या

काठमाडौं,२७ कात्तिकः काठमाण्डौँस्थित मेगा कलेजको सभा हलमा “किन लाग्यो इन्द्रेणी“ गीतको भिडियो रिलिज भएको छ ।

1636817247168

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खक्री र वरिष्ठ व्यत्तित्व अशेष मल्लको हातबाट भिडियो रिलिज भएको हो । डा. रेणुका सोलुको शब्द, आर.सि. थापाको सङ्गीत अनि स्वरुपराजको स्वरमा तयार भएको उक्त गीतको भिडियो रिलिज कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा,डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत,सञ्चारकर्मी शिखर गजारकोटे,धनवल राई, रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर,पुरन ओली,मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की, लगायतको उपस्थिति थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा रक्षा थापा बस्नेत यो देशको भविष्यमा अत्यन्तै आशलाग्दो कलाकार भएको कुरा अशेष मल्लले बताउनुभयो र कलाकारको भविष्य सुन्दर रहेको कुरा पनि बताउनुभयो । नयाँ पुस्ता अझ छोरीपुस्तालाई हरेक क्षेत्रमा अगाडि बढ्न हौसला दिनुपर्ने र अबको सँसार हाँक्न छोरीहरू पनि तयार हुनुपर्ने कुरा जोड्दै यो गीतको शब्द, सङ्गीत, अभिनय त्रीवेणीका रुपमा तिनवटै पक्ष अत्यन्तै उत्कृष्ट रहेको र अझै उत्कृष्ट कर्म गरिरहन छोरीपुस्तालाई शुभाशिष दिँदै गीता खत्रीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु