२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सङ्गठन विस्तारमा जनतासमाजवादी पार्टी

२०७८ कार्तिक ३०, मंगलबार मा प्रकाशित ( साल अघि) ७६० पाठक संख्या

बिदुर खडका
डुमरवाना, ३० काातिकः बाराको उत्तरी क्षेत्रमा जनता समाजवादी पार्टीले अभियानद्धारा बृहत् संगठन निमार्ण गरेको छ । बिगतमा कम्युनिष्ट एमाले, माओवादी, काग्रेसको किल्ला भनेर चिनिने डुम्मरवाना क्षेत्रमा जनता समाजबादी पार्टिको भेलामा स्थानीयबासीहरूको बाक्लो सहभागिता रहेको छ ।

1637058312863

जीतपुर सिमरा १४को भेलालाई संम्बोधन गर्दै जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य सुसिल यादबले पूर्ब राजपाका ८० प्रतिशत मानिसहरू जनता समाजबादी पार्टिमा सामेल रहेको बताउनुभयो । त्यस्तै उहाँले महन्त ठाकुरको लोसपा प्रतिगमनको पक्षमा गएको कारण राजपा बिभाजन भएको धारणा व्यक्त गर्नुभयो ।
जसपाका नेता यादबले जसपालाई मधेसबादी दलको रूपमा मात्र नहेरीदिन आग्रह गर्नुभएको छ । बिगतमा राज्य सत्ताले मधेष आन्दोलनको हवाला दिदै मधेस र पहाडबीचको द्धन्द्ध फैलाएको थियो । अहिले जसपाले सुज अभियान अंन्तरगत हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने संन्देसका साथ हरेक समुदाय , बर्ग र क्षेत्रलाई समेटेर भावनात्मक एकता बढाएर संगठन बिस्तारमा लागेको यादबले बताउनुभयो ।

1637058324409

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु