२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

फकिरामा भएको वक्तृत्वकला प्रतियोगितामा कल्पना ठाकुर प्रथम

२०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित ( साल अघि) ७९३ पाठक संख्या

जीतपुर, १० मंसिरः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी मावि मा भएको अन्तरमाविस्तरीय वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ की छात्रा कल्पना ठाकुर प्रथम भएकी छन् ।

1637910707048

विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत रहेको अतिरिक्त क्रियाकलाप वक्तृत्वकला प्रतियोगितामा कक्षा १० का छात्र अक्लेश कुमार गुप्ता द्वितीय भएका छन् । त्यसैगरी कक्षा ९ की छात्रा अञ्जली कुमारीले तृतीय र कक्षा ९ अध्ययनरत् छात्रा प्रियंका कुमारीले सान्त्वना स्थान हासिल गरेकी छन् । कार्यक्रममा ९ कक्षा देखि १२ कक्षासम्मका १८ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।

1637910786213

विद्यालयका वरिष्ठ शिक्षक सञ्जय पटेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहको प्रमुख आतिथयता रहेको थियो । कार्यक्रममा शिक्षकहरु धनञ्जय गौतम, सीता दाहाल, सन्दीप चौरसिया, अम्बु गुप्ता, धनीराम चौधरी, गोकुल कुँवर, नवीन श्रेष्ठ, कृष्ण महतो, जीतेन्द्र चौधरी, विद्यालयका कर्मचारीतथा लेखापाल दिलिप गुप्ता, ध्रुव ढकाल, कार्यलय सहायकहरु ऋषि गैरे, सावित्री ढकाल, अनिल गुप्ता त्यसैगरी विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रगानबाट शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सीता अधिकारीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु