२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

किशोरी आत्मरक्षा तालिम सिमरामा सुरु

२०७८ मंसिर १२, आईतबार मा प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

सीता अधिकारी
सिमरा,१२ मंसिरः बारा जिल्लाको उत्कृष्ट सहकारी सिमरा महिला बचत तथा ऋण सहकारी संस्था सिमराले किशोरीहरुका लागि आत्मरक्षा तालिम आजबाट सुरु गरेको छ ।

1638102974729

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नै महिला सहकारीका सेयर सदस्यका किशोरी छोरीहरुलाई आत्मरक्षासम्बन्धी एक हप्ते तालिम दिन लागिएको हो । तालिममा ४० जना किशोरीहरु सहभागी भएका छन् । जसमा १५ वर्षदेखि २० वर्षभित्रका किशोरीहरु रहेका छन् । अहिलेको सन्दर्भमा किशोरीहरुले विविध प्रकारका हिंसाबाट आफू जोगिन पनि आत्मरक्षा तालिम आवश्यक भएको बताएका छन् । तालिममा नेपाल तेक्वान्दो सँघ प्रदेश २ का सदस्य एवं अन्तराष्ट्रिय खेलाडी यानकुमारी चौलागाईँले सहजीकरण गर्नुभएको छ । उहाँको सहयोगीका रुपमा खेलाडी भूमिका लोप्चन रहनुभएको छ ।
उद्घाटन

प्रशिक्षण सुरुहुनुभन्दा अघि उद्घाटनस्वरुप औपचारिक कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य शोभा लामाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा जीतपुरसिमरा नगर कार्यपालिका सदस्य सुमित्रा कार्की ( शोभा), महिला नेतृ गीता कँडेल, समाजसेवी रमेश खरेल, समाजसेवी माधव त्रिपाठी, सञ्चारकर्मी विदुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सिमरा महिला साकोसका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा भएकाके कार्यकममा जीतपुर सिमरा वडा नं ४ का वडा सदस्य  लालपरी राम, ईलाका प्रहरी कार्यलय सिमराका महिला सेल प्रमुख सुभद्रा लामा, अगुवा महिला सुभद्रा चौधरी , जनजागृति युवा क्लवका श्याम सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

1638102875430

कार्यक्रममा संस्थाका कोषाध्यक्ष गीता शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव भिमादेवी पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

1638102933526

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु