२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

खोला नखुल्दा घरनिर्माण र मर्मतमा समस्या, चोरी निकासीमा वृद्धि

२०७८ मंसिर १७, शुक्रबार मा प्रकाशित ( साल अघि) ९५९ पाठक संख्या

बिदुर खडका
सिमरा, १७ मंसिरः बाराको जीतपुरसिमरा क्षेत्रभित्रका नदीहरु समयमा ठेक्का नलाग्दा चोरी निकासीमा बृद्धि आएको छ । एकातिर सर्बसाधारणलाई समेत घरनिर्माण र मर्मत गर्नको लागि नदीबाट बालुवा गिटीजस्ता नदीजन्य पदार्थहरू निकाल्न रोक लगाईएको छ ।
भौतिक निर्माण तथा बिकासका पूर्बाधारहरू निर्माण गर्न नदीजन्य पदार्थको अति आवश्यक हुने गरेपनि यस क्षेत्रको बालगंगा, दुधौरा, पसाहा खोलाहरु बन्द भएको ५ महिना बितिसक्दा पनि नगरपालिकाको ढिला सुस्तिका कारण खोला खुल्न सकेको छैन ।
खोलानजिक रहेको बालुवा फ्रशोधन केन्द्र र व्रसर उद्योगहरू भने नियमित चालु रहेको पाईन्छ । रातको समयमा खोलानजिकको बालुवा तस्करी गरेर प्रशोधन केन्द्रमा ल्याउने गरेको स्थानीयबासी बताउँछन ।
वडा अध्यक्ष रामप्रसाद लामिछानेले भने बालगंगामा संञ्चालित केही बालुवा प्रसोधन उद्योग मापदन्ड बिपरित संञ्चालनमा रहेको मात्र नभई रातको समय चोरी निकासी हुने स्वीकार्नुहुन्छ ।
यता उपमेयर सरसस्वती चौधरीले भने नगरपरिषदमा ढिलाईका कारण समयमा खोला ठेक्का नलागेकोले समस्या आएको बताउनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु