२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ग्रासरुट फुटबलमा एक्स सर्भिसमेन र लोटस क्वाटर फाईनलमा प्रवेश

२०७८ मंसिर २१, मंगलबार मा प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

263971238_663303414674237_2182836523609339674_n

सिमरा,२१ मंसिरः एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमी सुन्दरबस्ती र लोटस एकेडेमी सिमराले ग्रास रुट अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा स्थान बनाएका छन् ।
ग्रास रुट फाउण्डेसन सिमराको आयोजनामा सिमरामा जारी प्रतियोगितामा एक्स सर्भिसमेनले मंगलबार मनहर्वाको मिसन एकेडेमीलाई १–० ले हराएको छ ।
एक्स सर्भिसमेनको जीतकालागि खेलको १४औँ मिनेटमा बिनोद घलेले गरेको गोल नै निर्णायक बन्यो । टिमका लागि एकमात्र गोल गरेका घले म्यानअफ द म्याच भए ।
मंगलबार नै भएको दोस्रो खेलमा जनता माध्यमिक विद्यालय रजघट्टामाथि ४–० को जित निकाल्दै लोटस क्वाटर फाईनलमा प्रवेश गर्‍यो । १६ वर्षका खेलाडी आकास मोक्तान चम्किँदा लोटसले जनता माबिमाथि शानदार जीत दर्ता गर्‍यो ।
लोटसलाई उत्कृष्ट जीत दिलाउन आकास एक्लैले तीन गोल गरे । उनी खेलको म्यानअफ द म्याचसमेत बने । टिमका लागि अर्को गोल रोहन तामाङले गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बुधबार ब्राईटर एकेडेमीसँग नेरामावि अमलेखगञ्ज खेल्नेछ भने क्वाटर फाईनल प्रवेशका लागि भोलि नै अक्षरा पाठशाला र नेरामावि सिमरा खेल्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु