२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

फेसन डिजाइनको क्षेत्रमा आफूलाई स्थापित गर्दै बाराकी गोमा तिवारी

२०७८ मंसिर २७, सोमबार मा प्रकाशित ( साल अघि) १०२० पाठक संख्या

सीता अधिकारी
सिमरा, २६ मंग्सिरः फेसन डिजाइनरको क्षेत्रमा आफूलाई स्थापित गर्दै अघि बढ्दै गरेकी एक नाम हो गोमा तिवारी ।
1639388001638
बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत रजघट्टामा जम्मिएर नेपालको प्रसिद्ध फेसन डिजाइनर बन्न उनी सफल भएकी छन् । उनको डिजाइनलाई मात्र होइन इभेन्टहरुमा उनैलाई निर्णायकको भूमिकामा समेत आयोजकले बसाउने गरेका छन् ।
1639388018898

पाँच वर्षअघि भारतबाट फेसन डिजाइनको कोर्षमा डिग्री हासिल गरेकी तिवारीले ३ वर्षअघिदेखि जीएसके भर्सटायलका नामबाट आफ्नै व्यवसायसमेत सञ्चालन गरीरहेकी छन् । हाल उनको व्यवसाय काठमाडौँको कुपन्डोलमा रहेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय थुप्रै फेसन शोमा आफ्रनो खुवी प्रदर्शन गरेकी डिजाइनर तिवारीले दि राइजिङ क्रिएसन इभेन्ट अग्रानाइजेसनले आयोजना गरेको रनअवे मोडेल सुपरस्टार सिजन २ को फिनालेमा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै आफूद्वारा निर्मित फेसन कलासमेत प्रस्तुत गरेकी थिइन् ।

1639388034006
उनले काठमाडौँ प्यासिफिक, लुम्विनी प्यासिफिक, डिम्फ रनअवे, दि राइजिङ रनअवे जस्ता शो हरुमा आफ्ना डिजाइन प्रदर्शन गर्दै आएकी छन् । त्यस्तै उनले इन्टरनेशनल एसियन वीक, दिल्ली टाइम्स, अमेजन फेशन वीक लगायतका शोमा समेत आफ्नो डिजाइन प्रदर्शन गरिसकेकी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु