२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेरामावि बकुलिया ग्रासरुट फुटबलको फाईनलमा

२०७८ मंसिर २९, बुधबार मा प्रकाशित ( साल अघि) ६३६ पाठक संख्या

सिमरा,२९ मंसिरः नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
265655960_420750289792261_187578483436640098_n
सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जलाई २–० ले हराउँदै प्रतियोगिताको फाईनलमा पुगेको हो । अमलेखगञ्जलाई उपाधी होडमा उभ्याउन अमिउल्लाह मिया र रविन्द्र चौधरीले गोल गरे ।
खेलको १४ मिनेटमा अमिउल्लाहको गोलबाट पहिलो अग्रता बनाएको अमलेखगञ्जका लागि दोस्रो गोल रबिन्द्रले ५१औँ मिनेटमा गरेका थिए ।
सुरुवाती देखी नै दवावमा परेको अमलेखगञ्जले गोलका लागि अवसर बनाउन नसक्दा उपाधि होडबाट बाहिरिएको छ ।
खेलको म्यान अफ द म्याच बकुलियाका अमिउल्लाह घोषित भए ।
266034097_285559790187276_6447086565031736193_n
प्रतियोगिता अन्तर्गत बिहिबार राष्ट्रिय विभूति शिक्षा सदन डुमरवाना र लोटस एकेडेमी सिमरा खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु