२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दश वर्षे बालक समिरद्वारा आफ्नो जीवन बचाइदिन आग्रह

२०७८ पौष २, शुक्रबार मा प्रकाशित ( साल अघि) ५५८ पाठक संख्या

बिदुर खडका
सिमरा, २ पुसः जीतपुर सिमरा उपमहानगरपालिका २मा अस्थाई वसोवास गर्दै आइरहेका १० बर्षे बालकले आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन । बिगत २ महिनादेखि पेट दुख्ने समस्याबाट पीडित १० वर्षे बालक समिर आलमको स्वास्थ उपचारका लागि पैसा नभएपछि बिछाउनामा छटपटाई रहेकाछन ।
1639750113339
ज्यालामजदुरी गरेर दैनिकी गुजार्दै आएका समिरकी आमा माया मगरको काखमा १ बर्षको बालकसमेत कष्टपूर्ण रहेको छन । समिरको बाबु आलम भने गाडीका सामान लोड अनलोड गरेको कमाईले खानसमेत धौ,धौ पर्ने गरेको बताउँछन् । उनीहरुको आर्थिक अवस्था दयनीय भएको छिमेकी कबिता यादब बताउँछिन् ।
समिरको अवस्था नाजुक भएपछि वडा सदस्य धनबाहादुर श्रेष्ठको पहलमा नारयणी अस्पतालको ईमरजेन्सी वाडमा भर्ना गराईएको पनि नारायणीमा उपचार नहुने भएकोले अस्पतालले बिरामी अन्त लैजान भनेपछि गण्डक अस्पतालमा राखिएको समिरका बाबु सुरदिन हवारीले बताए । उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु