२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

लोटस एकेडेमीका विद्यार्थीले मतदान गरेरै चुने विद्यालय क्याप्टेन

२०७८ पौष ९, शुक्रबार मा प्रकाशित ( साल अघि) ३६७९ पाठक संख्या

सिमरा, ९ पुसः यहाँको एक संस्थागत विद्यालयका विद्यार्थीहरूले पाठ्यपुस्तकमा दिइएको निर्वाचन प्रक्रिया अन्तरगत मतदानमा सहभागी भएरै आफ्नो विद्यालयको क्याप्टेन चुनेका छन् ।
1640350326372

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ सिमरामा रहेको लोटस एकेडेमीमा अध्ययनरत कक्षा ७ देखि कक्षा१०सम्मका विद्यार्थीहरुले मतदानमा सहभागी भएर क्याप्टेन चयन गरेका हुन् ।
1640350315364
कक्षा १० को सामाजिक शिक्षा विषयमा रहेको निर्वाचन प्रक्रिया र निर्वाचनमा आम जनताको महत्वपूर्ण भूमिकाबारे जानकारी गराउने उद्देश्यले कक्षा १० का छात्रछात्राले निर्वाचनको प्रयोगात्मक सिकाइ क्रियाकलाप सम्पन्न गरेका हुन् । निर्वाचनमा राज साह कानु, आर्यन दास, रोशनी ओली र मनिषा श्रेष्ठले विद्यालय क्याप्टेनका लागि उम्मेद्वारी दिएका थिए । जसमा छात्र राज साह कानु निर्वाचित भएका थिए ।
1640349763731
मतदान प्रक्रियामा मतदान अधिकृतको रूपमा कक्षा १० की छात्रा नेहा शर्मा, मतदान कार्यको सहजीकरण तथा स्थलको सुरक्षा व्यवस्था स्काउट मास्टर ऋषि चौधरी, शिक्षकहरू शम्भु खरेल, सुजन आचार्य, राजु न्यौपाने, रमा गुरुङ, चन्द्रबहादुर लिम्बु, सन्दीप चौधरी र रामप्रसाद पोख्रेलले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%१२%४%१%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु