२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नगरकै पुरानो विद्यालय फकिरा गिरीमा छात्रवृत्ति वितरण

२०७८ पौष ९, शुक्रबार मा प्रकाशित ( साल अघि) ५४४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ९ पुसः नगरकै पुरानो विद्यालय फकिरा गिरी राजेश्वर गिरी माविमा अध्ययनरत आधारभूत तहका छात्रछात्रालाई आज एक कार्यक्रमका वीच छात्रवृत्ति वितरण भएको छ ।
1640349726525
सामुदायिक विद्यालयमा अध्ययनरत् आधारभूत तह कक्षा १ देखि ८ कक्षासम्मका सम्पूर्ण छात्रा साथै दलित छात्रहरुलाई नेपाल सरकारले वार्षिक रूपमा उपलब्ध गराउँदै आएको छात्रवृत्ति रकम आज वितरण गरिएको हो । शैक्षिक सत्र २०७८ का लागि आधारभूत तहमा अध्ययनरत चार सय ३३ छात्रछात्रालाई जनही चार सय रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराइएको विद्यालयका लेखापाल दीलिप गुप्ताले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताको रहनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि एवं विद्यालय व्यवस्थापन समिति सदस्य ज्ञानी पासवान, समितिका सदस्यहरु मुरारी पुरी, प्रिन्स गुप्ता, नारी शक्तिका अध्यक्ष आशा दाहाल, सुन्तली अधिकारीलगायत अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक धनञ्जय गौतमले गर्नुभएको थियो ।
शिक्षक प्रतिनिधि चयन
फकिरा गिरी राजेश्वर गिरी माविको विद्यालय व्यवसथापन समितिका लागि शिषक प्रतिनिधि समेत चयन गरिएको छ ।
1640349747176
शिक्षकहरुको भेलाले समितिका लागि शिक्षक सञ्जय पटेललाई सर्वसम्मत रूपमा चयन गरेको हो । त्यसैगरी शिक्षक अभिभावक सँघका लागि शिक्षक भवानी मल्ललाई प्रतिनिधि चयन गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु