२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नीजगढमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न

२०७८ पौष १२, सोमबार मा प्रकाशित ( साल अघि) १२५० पाठक संख्या

सीता अधिकारी
नीजगढ, १२ पुसः होटल तथा रेष्टुरेण्ट सञ्चालकहरुलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अभिमूखीकरण कार्यक्रम आज नीजगढमा सम्पन्न भएको छ ।
1640615821765
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभीजन कार्यालय, पर्साको आयोजना तथा नीजगढ नगरपालिकाको सहजीकरणमा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नीजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले खाद्य सुरक्षा भएन भने बोली, स्वास्थ्य र कार्यशैलीमा समेत नकारात्मकता ल्याउने हुनाले खाद्य सुरक्षा आवश्यक रहेको बताउनुभयो ।
1640615834023
उहाँले खाद्य सामग्रीको चेकजाँच, विषादी विक्रि वितरणमा निगरानी गरिनुपर्ने, मूल्य वृद्धिको नियन्त्रण र सूचक राख्न नसक्दा समस्या भएकोले बाराका प्रमुख जिल्ला अधिकारीलाई यसतर्फ ध्यानाकर्षण समेत गराउनुभयो ।
यस्तै उपप्रमुख लिलादेवी खनालले जनताको खाद्य स्वच्छतासम्बन्धी अधिकारलाई सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
1640615805710
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले यसरी जनप्रतिनिधि आफैँले खाद्य गुणस्तर र स्वच्छतामा इनिसेसन लिइसकेपछि प्रशासन क्षेत्रलाई समेत काम गर्न प्रोत्साहन मिल्ने धारणा व्यक्त गर्नुभयो।
1640615787288
यसैगरी कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सँघ प्रदेश २ का महासचिव मोहन शर्मा लामिछानेले खाद्य गुणस्तरसम्बन्धी तालिममात्र नभएर वेटर, कुकिङसम्बन्धी तालिम दिने साथै नीजगढको आर्थिक तथा साँस्कृतिक र पर्यटकीय विकासका लागि नगरपालिकाले भूमिका निर्वाह गर्न नगर प्रमुखसँग आग्रह गर्नुभयो ।
1640619362831
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय पर्साका प्रमुख विकी राउतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

1640615845143
कार्यक्रममा नीजगढ नगरपालिकाका प्रशासकीय प्रमुख सुमनकुमार कार्की, नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारी, होटल व्यवसायी सँघ बाराका कार्यबाहक अध्यक्ष अर्जुन लम्साल, नगर उद्योग वाणिज्य सँघ नीजगढका अध्यक्ष रामकृष्ण नेपाल, होटल व्यवसायी सँघ नीजगढका उपाध्यक्ष रामकृष्ण घिमिरेलगायत विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको उपस्थिति रहेको थियो । त्यसो त कार्यक्रमको समन्वय तथा सहकार्य गर्ने काम होटल तथा पर्यटन व्यवसायी सँघ बाराले नै गरेको थियो ।
1640618927878

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु