२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

काँग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने आफ्नो अभियान रहेको सहमहामन्त्री मन्सुरको भनाइ

२०७८ पौष १६, शुक्रबार मा प्रकाशित ( साल अघि) ५०१ पाठक संख्या

सीता अधिकारी
सिमरा,१६ पुसः नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले बारा जिल्लाको काँग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने आफ्नो अभियान रहेको बताउनुभएको छ ।

1640942397401

सहमहामन्त्री मन्सुरको स्वागतमा  भेला भएका बारा जिल्लाका सयौँ नेता तथा कार्यकर्तालाई राज्यका तिनै तहमा काँग्रेसलाई जिताउने अठोट मात्र लिन आग्रह समेत गर्नुभयो । मन्सुरले महाधिवेशनमा जो जताको गुट भएर हिँडेपनि अवको दिनमा सबै काँग्रेसको एउटै गुट र अठोट हुनुपर्ने बताउनुभयो । लोकतान्त्रिक पद्धतिमा आफ्नो पार्टीभित्र फरक मत राख्न पाइन्छ । त्यो एउटै पार्टी भित्रको आन्तरिक कुरा भएको र अवका दिनमा काँग्रेस सबै एकै हो मन्सुरको भनाइ थियो ।

ने का सहमहामन्त्रीलाई गृहजिल्लामा भव्य स्वागत,
उडान रद्द भएपछि हेलिकप्टरबाटै ओर्लिए कार्यकर्ता भेट्न

नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई आज गृहजिल्लामा भव्य स्वागत गरिएको छ । बारा जिल्लाबाट केन्द्रमा सहमहामन्त्रीको पदमा पुग्नुभएको उहाँलाई कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् ।

 

1640940755662

नेपाली काँग्रेसको चौधौँ महाधिवेशनमा सहमहामन्त्रीको पदमा निर्वाचित भएपछि मन्सुर पहिलोपटक गृह जिल्ला बारा आउनुभएको हो । सिमराको मौसम विहानैदेखि प्रतिकूल भएकोले सहमहामन्त्री मन्सुर आउने समयमा उडान नै रद्द गरिएको थियो । विमानस्थलको कार्यालयले भिजिविलिटि कम भएर उडान हुन नसक्ने बताएपछि मन्सुर हेलिकप्टरबाट  गृहजिल्लामा झर्नुभएको हो ।

 

1640942492328

सिमरा विमानस्थलमा जिल्लाका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । सिमराबाट वडहर्वा हुँदै कलैया जाने कार्यक्रम रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु