२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जनता माविको ३६ औँ वार्षिकोत्सव सम्पन्न, विविध कार्यक्रमको आयोजना

२०७८ पौष १८, आईतबार मा प्रकाशित ( साल अघि) ५४५ पाठक संख्या

सीता अधिकारी
डुमरवाना, १८ पुसः बाराको शिक्षा विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्दे आइरहेको जनता माध्यमिक विद्यालय,कृषि प्राविधिक शिक्षालय रजघट्टाले विद्यालयको ३६ औ वार्षिकोत्सव तथा ३७ औ अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।

1641107323118

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश २ काी अर्थराज्यमन्त्री उषाकुमारी यादवद्धारा केक काटेर वार्षिकोत्सवको उद्धघाटन गरिएपछि विद्यार्थीहरुले कक्षागत रुपमा केक काटेर वार्षिकोत्सव मनाएका थिए ।

 

1641107296823

शनिवार आयोजित वार्षिकोत्सवको अवसर विद्यालयले बाराका शिक्षा तथा समन्वय ईकाइ प्रमुख भरत भरतबहादुर श्रेष्ठ,

1641107116621

विद्यालयका पूर्व प्र.अ. पशुपति घिमिरे,

1641107099525

विद्यालय व्यवस्थापन समितिका सदस्यहरु देवीमाया डासेली, ईन्दिरा आचार्य, राजेन्दप्रसाद जमकट्टेल,टंकप्रसाद आचार्य, सावित्री गुरु¨, छात्रवृति दाताहरु संगिता कर्मचार्य, बिमला त्रिपाठी, विद्यालयमा विश्रामस्थल निमार्णदाता मणिन्द्रनाथ शर्मा,उत्कृष्ट अभिभावक चरिमाया थोकरलाई सम्मान गरेको हो ।
कार्यक्रममा स्व..फुपु जगतमाया मैनालीको स्मृतिमा गोविन्दराज उप्रेतीवाट अक्षयकोषको लागि सहयोग, स्व. आमा सकुन्तला न्यौपानेको स्मृतिमा छोरी सुस्मिता न्यौपानेवाट छात्रवृत्रिको लागि सहयोग र दृष्टिविहिन विद्यार्थीहरुलाई पोशाक समेत वितरण गरिएको छ ।

१ हजार २५ जना विद्यार्थी रहेको जनतामाविले कृषि प्राविधिक शिक्षा सँगसँगै निकट भविष्यमै सिभिल ईन्जिनियरको पढाई समेत शुरु गर्ने विद्यालयका प्रधानाध्यापक राजुप्रसाद अधिकारीले बताउनुभयो । उहाँले अहिले संगीत कक्षा र तेक्वान्दो कक्षा सञ्चालन भैरहेको बताउनुभयो ।

1641107167064

यसैवीच विद्यालयमा भौतिक संरचनाको अभाव हुदाँ कक्षा सञ्चालनमा समस्या भएको भन्दै सहयोगको अपेक्षा सहित प्र.अ. अधिकारीले राज्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउनुभयो ।

1641107144106

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष रामशरण वर्तौलाको अध्यक्ष्यतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य भरत खड्का,सानाकिसान कृषि सहकारी डुमरवानाका झपेन्द्रराज बराल,डुमरवाना बहुमुखी क्याम्पस सहायक कलेज प्रमुख किशोर शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य सीना गोलेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण भवन खड्काले गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु