२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सामाजिक कुरीति र कुसंस्कार बिरुद्धको अन्तरक्रिया कार्यक्रम सिमरामा सम्पन्न

२०७८ पौष २०, मंगलबार मा प्रकाशित ( साल अघि) १०२६ पाठक संख्या

विदुर खड्का
सिमरा, २० पुसः जिल्ला फ्रशासन कार्यलय बारा र सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा सामाजिक कुरीति र कुसंस्कार बिरुद्धको अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ ।

1641307479479

कार्यक्रममा सहभागी बक्ताहरुले कुसंस्कार र कुरीतिको पहिचान गरि हरेक प्रथाको न्यूनीकरण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी  शिवराज सेडाइर्ले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुर सिमरा उप महा नगरपालिकाका उपमेयर सरस्वती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रहरी प्रमुख दिपेन्द्र शाहि, सिमरा साकोसका अध्यक्ष अनिता लम्साल, प्रेस चौतारी बाराका अनिल तिवारी, कार्यपालिका सदस्य शोभा कार्की, सुमित्रा न्यौपाने, पुन्यवति कँडेलले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा कुसंस्कार को चपेटामा परेका चन्दा कार्की ,जयन्ती सिहलगायतले आफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरी ,बिध्यार्थीहरु आरजु सुबेदी ,किसान खरेल, कृति मंन्डल, अनुसा लामिछाने, अंन्जली ठाकुर लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गीता शर्माले गर्नुभएको थियो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु