२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल इन्जिनियर्स एसोसियसन बागमतीको अध्यक्षमा रोहिणी पौडेललेको उम्मेदवारी किन ?

२०७८ पौष २३, शुक्रबार मा प्रकाशित ( साल अघि) ६७८ पाठक संख्या

सिमरा, २३ पुसः नेपाल इन्जिनियर्स एसोसियसन बागमतीको अध्यक्षमा रोहिणी पौडेलले उम्मेदवारी दिएका छन् । उमेदवारी सँगै उनको प्यानलले घोषणापत्र पनि सार्वजनिक गरेको छ ।

Received_1130413287711752

परिवर्तन युवाबाट मात्रै सम्भव छ भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरणको पछिल्लो अवस्था नियाल्ने हो भने पनि भेटाउन सकिन्छ । यही उदाहरणको जडमा उभिएर देशका हरेक क्षेत्रको नेतृत्वमा युवाहरुको अग्रसरता बढीरहेको छ । र त्यस्तै एक नेतृत्व नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेशले खोजिरहेको छ । इन्जिनियरहरुको साझा सँस्था नेइए बागमती प्रदेश समितिको आफ्नै कार्यालय समेत नभएको अवस्थामा समितिलाई सँस्थागत रुपमा अझ सशक्त बनाएर लैजाने अठोट ई. रोहिणी पौडेलले लिएका छन् ।
इन्जिनियरको लगत तथा इन्जिनियरहरुको संलग्नता रहेका सँस्थाहरुको विद्युतीय माध्यममा तथ्यगत लगत तयार गर्ने एवं सरोकारवाला विषयहरु र खोज, अनुसन्धानात्मक विषयहरु नियमित प्रकाशन गर्ने योजना पनि पौडेल प्यानलले अघि सारेको छ ।
त्यस्तै स्थानीय तहका तथा विविध कार्यालयहरुमा इन्जिनियरहरुको वृक्ति विकास र समस्या सामधान सम्बन्धि नियमित कार्यत्रम सञ्चालन गर्ने साथै इन्जिनियरिङ्ग सम्बन्धि विविध विधागत सरोकार तथा समस्याहरुमा नियमित सल्लाह सुझाव तथा परामर्श प्रदान गर्न इन्जिनियरिङ्ग सहायता कक्ष स्थापना गर्ने पौडेलको योजना छ ।
नेपाल इन्जिनियर्स एसोसियसन बागमतीका लागि पौडेल समूहका योजना बुँदागत रुपमा तल स्पष्ट पारिएका छन् ,इन्जिनियरहरुको कानुनी सहायताको लागि नेपाल बार एसोसिएसनसँग समन्वय गरी कानुनी सहायता कक्ष स्थापना गर्ने ,सम्पूर्ण प्रादेशिक समितिहरुलाई सशक्त बनाऊन समन्वयात्मक संयुक्त कार्यत्रमहरु गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने ,इन्जिनियर इन्जिनियर बिच एवं विभिन्न तहगत, विधागत तथा अन्य सेवासँग समरुपता नभई गरिएको विभेदकारी व्यवस्था अन्त्य गर्न सामुहिक पहलको नेतृत्व गर्ने, सोको लागि छुट्टै ईन्जिनिरिङ्ग सेवा आयोग गठन गर्न सरकार समक्ष विस्तृत मार्गचित्र सहितको गुणस्तरीय दावि पेश गरि दबाब दिने ,नयाँ तथा उद्यमशील सोचका इन्जिनियर साथिहरुलाई सहायता गर्न, आवश्यक तालिम प्रदान गर्न तथा सुरुवाति चरणमा कार्यस्थल तथा पूर्वाधारको सहज पहुँचको लागि उद्भवन केन्द्रको स्थापना गर्ने ,स्वदेशी तथा विदेशी इन्जिनियरहरुको प्रविधि, ज्ञान, सूचना र अनुभवहरुको आदान प्रदान गर्न प्रत्येक बर्ष कम्तिमा एउटा वृहत प्रदर्शनी गर्ने ,समाजमा इन्जिनियरहरुको पेशागत सम्मानका लागि “समाजसँग इन्जिनियर“ कार्यक्रम सञ्चालन गर्ने, जसले समाजका अप्ठेराहरुमा इन्जिनियरहरुले सँस्थागत रुपमा दिने योगदानहरुको पहिचान गरि कार्यक्रमहरु तय गर्नेछ ,ईन्जिनियरको कार्यस्थलमा पूर्ण सुरक्षा सुनिश्चित गरि काम गर्न योजना तथा आयोजनाको छुट्टै सुरक्षा रणनीति निर्माण गरि योजना, आयोजनाहरुले कार्यस्थलमा खटाउने व्यवस्था गर्न लगाईनेछ साथै सम्भावित दुर्घटनाहरु पश्चात सहज रुपमा विमा वा उपचारको प्रबन्ध गराईने छ ,विश्व परिवेशका सामाजिक, आर्थिक तथा राजनैतिक विविध विचारधारामा आश्था राख्ने इन्जिनियरहरुको साझा सँस्थाको रुपमा यस सँस्थालाई विकसित गर्न वर्तमानमा रहेको विचारधाराकै आधारमा गरिने ईन्जिनियर हरु विचको विभेदकारि दृष्टि सँस्कारलाई निस्तेज गरिने छ । जसका लागि भिन्न विचारधारा तथा वैज्ञानिक विषयमा समेत झिन्न मतहरुको मन्थन हुने नियमित कार्यक्रम हरु सञ्चालन गर्ने ,ईन्जिनियरिङ्ग अध्ययन कै त्रममा व्यबहारिक ज्ञान तर्फ अभिमुख गर्न र सफल ईन्जिनियरहरुको ज्ञान र व्यबहारिक अनुभव आदान प्रदान गर्न शैक्षिक सँस्थाहरुसँग समन्वय गरि कार्यक्रमहरु गर्ने ,नयाँ ईन्जिनियर साथी हरुलाई अध्ययन समाप्ति पश्चात रोजगारिको खोजि तथा अवसरहरुको सहज पहुँच प्रदान गर्न रोजगारदाता तथा रोजगारिको खोजिमा रहेकाको साझा प्लेटफर्म  गरि त्यसमार्फत प्राथमिकताको आधारमा अवसर प्राप्त गर्ने व्यवस्था गर्ने ,ईन्जिनियर परिवारको सुखद जिवनको लागि सहायता गर्न शिक्षा तथा स्वास्थ्य सेवाका सेवाप्रदायक सँस्थासँग छुट्टाछुट्टै समन्वय गरि विशेष सहुलियतको प्रबन्ध गर्ने लगायतका बुँदाहरु रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु