२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

एमाले बाराको १० औ जिल्ला अधिबेशन पौष २८गते हुने/८सय प्रतिनिधि सहभागी गराइने

२०७८ पौष २५, आईतबार मा प्रकाशित ( साल अघि) ५७२ पाठक संख्या

सिमरा, २५ पुसः नेकपा एमाले बाराको १० औ जिल्ला अधिबेशन पौष २८ र २९ गते कलैयामा हुने भएको छ । जिल्ला मुल ब्याबस्थापन कमिटी बाराको बैठकले सो निर्णय गरेको हो ।

1641721940106

बैठकले अधिवेशनमा विभिन्न इकाइ क्षेत्र र आयोजक गरि ८ सय प्रतिनिधि सहभागी गराउने निर्णय गरेको मुल ब्याबस्थापन कमिटीका सदस्य मनोज पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार जिल्ला कमिटि सदस्य स्वत प्रतिनिधि हुनेछ्न, प्रत्येक वडाबाट सगठित सदस्यबाट एक /एक जना निर्वाचित भएर आउने छ्न । त्यसैगरी उपमहानगरपालिकाबाट १० जना महिला र ५ जना दलित,नगरपालिकाबाट ७ जना महिला र ३ जना दलित,गाउपालिकाबाट ५ जना महिला र २ जना दलित सगठित सदस्यबाट निर्वाचित हुने छ्न । त्यसैगरि प्रत्येक जन संगठनबाट २ जनाका दरले सगठित सदस्यमध्ये बाट निर्वाचित हुने छ्न । त्यसैगरी बैठकले उद्योग प्रतिष्ठानबाट १/१ जनाका दरले प्रतिनिधित्व गराउने र प्रतिनिधि चयन गर्दा संम्बंधित पालिका तथा वडा अध्यक्ष र जिल्ला तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा चयन निर्णय गरेको मुल ब्याबस्थापन कमिटी सदस्य पौडेलले बताउनु भयो ।

एमाले जिल्ला कमिटी अध्यक्ष देबनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा पोलिट्ब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सह इन्चार्जहरु पुरुशोत्तम पौडेल,अच्युत मैनाली,बारा जिल्ला इन्चार्ज बलबिर चौधरी, सहइन्चार्ज महम्द समिर लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु