२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

शान्ति समाज बाराको १८ औँ जिल्लासभा सम्पन्न, सभापतिमा पुनः गिरी निर्वाचित

२०७८ पौष २९, बिहिबार मा प्रकाशित ( साल अघि) ७६७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २९ पुसः समय आन्दोलनलाई अगाडि बढाइरहेको मानव अधिकार तथा शान्ति समाजको बारा शाखाले आफ्नो १८ औँ जिल्ला सभा सम्पन्न गरेको छ ।

1642074991860

गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार, कोरोना अवधीमा हाम्रो भूमिका भन्ने मूल नाराका साथ सम्पन्न भएको वार्षिक सभाको उद्घाटन होटल तथा पर्यटन व्यवसायी सँघ प्रदेश २ का महासचिव मोहन शर्मा लामिछानेले गर्नुभएको हो ।

1642074970398

शान्ति, अहिंसा, लोकतनत्र र मानव अधिकारको प्रतीकका रुपमा चारवटा मैनबत्ती प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव अमर गौतम, नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरपालिका सभापति छवि शर्मा, नेरामावि सिमराका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला, मानवअधिकार तथा शान्ति समाज बारा शाखाका निवर्तमान सभापति रघुनाथ लामिछाने, संस्थापक सभापति एवं संस्थाका पूर्व केन्द्रीय कोषाध्यक्ष हरि थपलिया, संस्थाका पूर्व सभापति थिरबहादुर श्रेष्ठ, संस्थाका पूर्व केन्द्रीय सदस्य क्षमादेवी अधिकारी, सञ्चारकर्मी विदुर खड्कालगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका सभापति सिर्जना गिरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको स्वाबलम्बन प्रक्रिया र पारदर्शिताका बारेमा संस्थाका कोषाध्यक्ष विन्दाकुमारी कार्कीले गर्नुभएको थियो भने सचिव लक्ष्मण साहले स्वागत गर्नुभएको थियो ।
कार्यसमिति चयन
मानव अधिकार तथा शान्ति समाज बारा शाखाको १८ औँ वार्षिक साधारण सभाबाट सभापति पदमा पुनः सिर्जना गिरी सर्वसम्मत चयन हुनु भएको छ ।

1642074850825

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव एवं अधिवेशन प्रतिनिधि अमर गौतमको विशेष उपस्थितिमा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।कार्यसमितिको उपसभापतिमा ईन्द्रप्रसाद खनाल, सचिव लक्ष्मण साह, सहसचिव मिरादेवी अधिकारी, कोषाध्यक्ष विन्दा देवी कार्की चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मिरा थापा तुलाधर, टिकाकुमारी पाध्य, टेकप्रसाद घिमिरे, निराजन थापा, शान्ति कार्की, कमला वस्ती सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी समितिमा रेखा खत्री, मिना थापा र विनोद मण्डल सदस्यमा मनोनित हुनुभएको छ ।

यसैगरी सभाले तीन सदस्यीय वरिष्ठ सल्लाहकार समितिसमेत मनोनित गरेको छ । समितिमा हरि थपलिया, रघुनाथ लामिछाने र क्षमादेवी अधिकारी रहनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु