२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवजनजागृति युवा क्लबको १४ औँ वार्षिक सभा सम्पन्न : विभिन्न व्यक्ति सम्मानित

२०७८ पौष २९, बिहिबार मा प्रकाशित ( साल अघि) ८२१ पाठक संख्या

सीता अधिकारी
सिमरा, २९ पुसः फुटबलका क्षेत्रमा देश विदेशमा आफ्नो ख्याती कमाउन सफल सिमरा गोल्डकपका नामले परिचित नवजनजागृति युवा क्लबले आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

1642075049119

क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेतकुमार पोख्रेलले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद स्वास्थ्यका लागि अपरिहार्य भएको बताउनुभयो ।

1642075139290

त्यसैगरी उहाँले खेलकुदले युवाहरुलाई दुर्व्यसनबाट वचाउन सहयोग पुर्याउने भन्दै खेलका लागि स्थानीय सरकारले पनि सहयोग गरिरहेको पोख्रेलको धारणा रहेको थियो । त्यस्तै जीतपुर सिमरा उपमहनगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादले नगर खेलकुद समिति छिटै निर्माण गर्न पहल गर्ने बताउनुभयो ।

 

1642075115176

कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, वडा नं २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, सञ्चारकर्मी प्रकाश लम्साल, व्यवसायी युवराज पौडेल, नेपाली काँग्रेसका नगर सभापति छवि शर्मा, नेकपा माओवादीका नगर अध्यक्ष प्रेम बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महासचिव शम्भुसिंह ठकुरीको सहजीकरण रहेको कार्यक्रममा संस्थाका सचिव श्यामकृष्ण सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विभिन्न व्यक्ति तथा संस्था सम्मानित
खेलकुद तथा विभिन्न समयमा हुँदै आइरहेको गोल्डकप फुटवललाई सहयोग गर्दै आएका विभिन्न व्यक्ति तथा संस्थालाई क्लबले सम्मानपत्र प्रदान गरेको छ । यसरी सम्मानित हुनेहरुमा समाजसेवीहरु विनोद सिटौला,

1642075099661 (1)

राम कार्की, राजकुमार तिवारी, नेत्रबहहादुर खड्की, रविन्द्र पौडेल, ईच्छाबहादुर वाग्ले, पवनबाबु गुप्ता, शेखर घिमिरे, बलराम सुवेदी, दिनेश सुवेदी, लामा सप्लायर्स, पंकज गुप्ता, सिमरा विजनेस सेन्टर, रोशन गुप्ता, सिनर्जी नेपाल, खनाल व्रदर्श, सन्तोष देउजा, वनदेवी सफा बालुवा जीतपुरसिमरा, रमेश थापा, नवीन अधिकारी, टंक घिमिरे, राम कार्की लगायत रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु