२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मधेसी पार्टीहरुले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको नेका सहमहामन्त्री मंसुरको भनाइ

२०७८ माघ १, शनिबार मा प्रकाशित ( साल अघि) ७२२ पाठक संख्या

कलैया, १ माघ ःनेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले तराई मधेशमा जन्मेका मधेसी पार्टीहरुले सत्ता र शक्तिका लागि मात्र राजनीति गरिरहेको बताउनुभएको छ । सिम्रौनगढ नगरपालिकामा पर्ने रानीवास बजारमा नेपाली काँग्रेसको सिम्रौनगढ नगरपालिकाको नगर सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता मंसुरले मधेसी नेता बहुरुपिया भएको र मधेसी जनतालाई धोका दिने काम मात्र गरिरहेको आरोप लगाउनुभयो ।

1642260691741

अहिलेपनि मधेसवादी पार्टीहरु संविधान संशोधनको पक्षमा नरहेको बताउँदै संविधान संशोधन गर्ने प्रस्ताव नेपाली काँग्रेस पार्टीको रहेको तर्क गर्नुभयो । सिम्रौनगढ क्षेत्र जहाँ स्वर्गीय भागत यादव, स्वर्गीय अनुप सहनीजस्ता योद्धाहरुले संगठन निर्माण गरि काँग्रेसमा उर्जा थप्ने काम गर्नुभएको थियो त्यो उर्जालाई अझै सशक्त बनाउने दिशामा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नभयो । नेपाली काँग्रेस पार्टी समावेसी चरित्र अर्थात सबै वर्ग, समुदायको पार्टीको रुपमा रुपान्तरण भईसकेको भन्दै अझ सबैको सहमति, सहकार्य र एकताबाट साझा फूलवारीको रुपमा काँग्रेसलाई अगाडि बढाउनुपर्ने मंसुरले बताउनुभयो । काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै पूर्वमन्त्री समेत रहनुभएका मंसुरले अव हुने तीनै तहको निर्वाचनमा काँग्रेसले जित्ने ठोकुवा गर्नुभयो । फरक प्रसंगमा नेता मंसुरले सिम्रौनगढ नगरपालिकामा मेयर बिजय यादवले नगरमा नै कायापलट हुनेगरि काम गरेको हुँदा मधेशवादी नेताहरु डराएको बताउनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका सदस्य रामअयोध्या प्रसाद यादवले मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेसले खेलेको भूमिका नेपाली जनता सामु नलुकेको र हरेक संकटमा देशलाई बचाउन दिशामा पनि काँग्रेसको भूमिका निकै नै महत्वपूर्ण रहेको धारणा दिनुभयो । नेता यादवले नेपाली काँग्रेस बाराको सभापतिका प्रत्यासी उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई सर्मथन गर्दै दतचित भई आफू लाग्ने फ्रतिवद्धतासमेत ब्यत गर्नुभयो ।

1642260672937

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का उपसभापति चन्द्रशेखर यादवले योग्य र पार्टीमा काम गर्ने निष्ठावान नेता तथा कार्यकर्तालाई उचित ठाँउ दिनमा आफू कुनै प्रकारको बिभेद नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ नेपाली काँग्रेसका बुथ सभापति सिकेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सदस्य उपेन्द्रप्रसाद जयसवाल, पार्टी सभापति जयचन्द्र चौरसिया, नेपाली काँग्रेस पार्टी संगठन बिभाग प्रमुख एवम सभापतिका प्रत्यासी उम्मेदवार शम्भु बहादुर बुढाथोकी, पूर्व जिल्ला कोषाध्यक्ष रामनरेशकान्त कुसवाहा, सिम्रौनगढ नगरपालिकाका मेयर एवम नेपाली काँग्रेस निर्वाचन क्षेत्र नमबर १ का सभापति बिजयशंकर यादव, बारा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति प्रभात चौरसिया, प्रदेशसभा ख का सभापति मोहन कुसवाहा, महागढीमाईका मेयर उपेन्द्र यादव, काँग्रेस पचरौता नगरसभापति गोबारीराय यादव, महासमिति सदस्य रमाकान्त साह, नेता ललनप्रसाद यादव लगायतका नेताहरुले आफ्नो बिचार व्यक्त गर्दै सभापतिका उम्मेदवार बुढाथोकीलाई जिताउनका लागि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत नेपाली काँग्रेसका सक्रिय यूवा बुधराम मुखियाले गर्नुभएको थियो भने संचालन पत्रकार सिकेन्द्र पासवानको रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु