२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जनकल्याण साकोसको अध्यक्ष पदमा कमला घिमिरे सर्वसम्मत

२०७८ माघ ४, मंगलबार मा प्रकाशित ( साल अघि) ८४१ पाठक संख्या

सीता अधिकारी
सिमरा, ४ माघः जनकल्याण वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा कमला घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।

1642477942710

वरिष्ठ उपाध्यक्ष रहनुभएकी घिमिरे संस्थाको १९ औँ साधारणसभाबाट सर्वसम्मत रुपमा साकोसको अध्यक्षपदमा चयन हुनुभएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्ष रामप्रसाद सिलवाल, सचिव दीपकराज शर्मा, कोषाध्यक्षमा निरु बजगाईँ चयन हुनुभएको हो । त्यसैगरी सदसयहरुमा कृष्ण सिग्देल, बेली पाठक, सरिता सुब्बा, ईन्दिरा सुवेदी, इन्दु ढोडारी, रवीन्द्रराज श्रेष्ठ, मंगल पाख्रिन र मुना कार्की सर्वसम्मत चयन हुनुभएको हो ।
संस्थाको  लेखा समिति संयोजकमा होमबहादुर रकाल, सदस्य मोहन प्रसाद पोख्रेल र कृष्ण घिमिरे चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक रामप्रसाद अधिकारी, समितिका सदस्यहरु रामप्रसाद पोख्रेल र दुर्गा न्यौपाने रहेको निर्वाचन मण्डलले संस्थाका वरिष्ठ सल्लाहकारमा निवर्तमान अध्यक्ष मधुशुदन सिटौला, भरत भुर्तेल, रामनाथ पौडेल सर्वसम्मत रुपमा चयन भएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु