२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा खानेपानीको माघ १५ गते हुने निर्वाचन प्रक्रिया स्थगन, उपभोक्ता परिचयपत्र नवीकरण मिति थपियो

२०७८ माघ ८, शनिबार मा प्रकाशित ( साल अघि) ११६४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ८ माघः बाराको सिमरामा रहेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको यही माघ १५ गते हुने भनिएको निर्वाचन प्रक्रिया स्थगन भएको छ । निर्वाचन समितिका संयोजक मदनवहादुर क्षेत्रीको अध्यक्षतामा वसेको सर्वपक्षीय बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण अर्को सूचना जारी नहुन्जेलसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गरेको हो ।

1642840327849

बैठकको निर्णयमा भनिएको छ , ‘ नयाँ कार्यसमिति नआउन्जेलसम्म संस्थाको नियमित कार्यहरु सञ्चालनको लागि कार्यालय प्रमुखले निर्वाचन समितिका संयोजकसँग स्वीकृति लिई आर्थिक कारोवारको लागि चेक जारी गर्नुपर्दा साविक खाता सञ्चालकहरुबाट कार्यहरु नियमित गराइनेछ ।’

परिचयपत्र नवीकरण मिति थपियो
त्यस्तै समितिले उपभोक्ता परिचयपत्र नवीकरण गर्नका लागि उपभोक्ताहरुलाई माघ मसान्तसम्मको समय उपलब्ध गराउने निर्णय गरेको छ । हाल ४ हजार ५ सय धारा वितरण भएको छ भने २ हजार ९ सयले मात्र नवीकरण गरेका छन् ।

उपस्थिति
सर्वपक्षीय बैठकमा निर्वाचन समितिका त्रिलोक विक्रम शाह, अम्विका पौडेल घिमिरे, अमृतलाल श्रेष्ठ, मनिष प्याकुरेलको उपस्थिति रहेको थियो भने जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चौधरी, वडा नं १ का कार्यवाहक अध्यक्ष रामचन्द्र लामा, वडा नं २ का वडाध्यक्ष तीलक वहादुर श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे, वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री, नेकपा एमालेका मनोज पौडेल, नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्मा, नेकपा माओवादीका नगर अध्यक्ष प्रेम बराल, नेकपा समाजवादीका कृष्ण खनाल, राप्रपा नेपालका माधव त्रिपाठी, राष्ट्रिय जनमोर्चाका कर्ण थापा, सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष कासिम हुसेन, सल्लाहकार समितिका संयोजक भोला अधिकारी, पूर्व अध्यक्ष कृष्णप्रसाद रिमाल, तोरणबहादुर भट्ट, किशोर त्रिपाठी, भरत भूर्तेल, नारायण प्रसाद घिमिरे, भूमनाथ शर्मा, प्रल्हाद खड्का, शशी कुमार गौतम, निर्मला, पुनमकुमारी रिजाल, ईश्वर थपलिया, राजकुमार भट्टराई, सानोबाबु कुर्मीलगायतलाई आमन्त्रण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु