२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

१२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ आगामी चैत १० गतेदेखि सुरु हुने

२०७८ फागुन ७, शनिबार मा प्रकाशित ( साल अघि) ७२६ पाठक संख्या

सीता अधिकारी
सिमरा, ७ फागुनः जीतपुरसिमरा उपमहानगरपालिकाको पहिचान हाम्रो गौरव भन्ने मूल नाराका साथ १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ आगामी चैत १० गतेदेखि सुरु हुने भएको छ ।
1645254077965
नव जनजागृति युवा क्लव सिमराको आयोजनामा हुन लागेको गोल्डकपको मुख्य सहयोगी जीतपुर सिमरा उपमहानगरपालिका रहेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सहकार्य गर्ने ठाउँमा राजनीति नहुनेः उपप्रमुख चौधरी

जीतपुरसिमरा उपमहाहनगरपालिकाका उपमेयर सरस्वती चौधरीले सहकार्य गर्ने ठाउँमा राजनीति नहुने दावी गर्नुभएको छ ।
1645254155348

उहाँले सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने समेत बताउनुभएको छ । नव जन जागृति युवा क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नगरले जीतपुरसिमरा गोल्डकपको लागि २५ लाख बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले रङ्गशाला मर्मतका लागि २० लाख छुट्टयाएको समेत जानकारी दिनुभयो । उपप्रमुख चौधरीले गत वर्ष रङ्गशालामा वत्ती जडानको लागि ३० लाख रुपियाँ विनियोजन गरी काम सम्पन्न गरेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा वडा नं १ का वडाध्यक्ष हिरा बहाहदुर गुरुङ्ले फुटवलका लागि सहयोग गर्न वडाका तर्फबाट ५ लाख रुपियाँ सहयोग गर्ने प्रस्ताव वडा समितिमा लगेर छलफल गर्ने बताउनुभयो ।
1645254136019
उहाँले ग्रासरुट फुटवललाई प्राथमिकता दिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

गोल्डकपको कार्यक्रम

आगामी चैत १० गतेबाट सुरु हुने जीतपुरसिमरा गोल्डकप चैत १९ गते समापन हुनेछ । जसमा प्रथम पुरस्कार १० लाख र दितीय पुरस्कार पाँच लाखको रहने आयोजकले बताएका छन् ।

1645254111644
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटी प्रदान गरिने र विधागत पुरस्कार २० हजार रुपियाँ राखिएको बताइएको छ ।

विमाको व्यवस्था

गोल्डकपमा भाग लिने खेलाडीका लागि १० लाखको दुर्घटना विमा गरिने र १ लाखको औषधी खर्च विमा गरिने लुम्विनी जनरल इन्सुरेन्स कं लि का क्षेत्रीय प्रतिनिधि निशान्त लामिछानेले बताउनुभयो ।
1645254121949
त्यसैगरी उहाँले १ सय ३० जना दर्शकका लागि ५ लाख बराबरको दुर्घटना विमा र १ लाख बराबरको औषधी खर्च विमा गर्ने, यसरी नै गोल्डकप अवधिभर समाचार सङकलन र सम्प्रेषणमा खट्ने पत्रकारका लागि १० लाख बराबरको दुर्घटना विमा र १ लाख बराबरको औषधी खर्च विमा गर्ने लामिछानेले बताउनुभयो ।

औपचारिक कार्यक्रम

संस्थाका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

1645254173736
कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष हिराबहादुर गुरुङ्, कार्यपालिका सदस्य शोभा कार्की, क्लवका पूर्व अध्यक्ष एवं सल्लाहकार कासिम मियाँ, पूर्व अध्यक्ष राजकुमार भट्टराई, समाजसेवी भोलाप्रसाद अधिकारी, बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारी, लुम्विनी जनरल इन्सुरेन्सका क्षेत्रीय प्रतिनिधि निशान्त लामिछाने, ब्रान्च मेनेजर दिलिप ढुङ्गेललगायत क्लवका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव शम्भुसिह ठकुरीले गर्नुभएको थियो ।
1645254096866

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु