२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

इम्प्याक्ट नेपालद्वारा अपांगता भएका बालबालिकाका लागि एकमुस्ट खाद्य सामग्री प्रदान

२०७८ फागुन २८, शनिबार मा प्रकाशित ( साल अघि) ७८१ पाठक संख्या

सीता अधिकारी,
सिमरा, २८ फागुनः अपांगतको क्षेत्रमा काम गर्दै आइरहेको इम्प्याक्ट नेपाल वीरगञ्जले आज बाराका ६० जना अपांगता भएका बालबालिकाका लागि एकमुस्ट खाद्यान्न सामग्री प्रदान गरेको छ ।

1647060506267

यूके इम्प्याक्ट फाउण्डेसनको सहयोगमा इम्प्याक्ट बीरगञ्जले अपांग सँघ बाराको होस्टेलमा बस्ने ६० जना विद्यार्थीका लागि खाद्य सामाग्री प्रदान गरेको हो । जसमा नेपाल राष्ट्रिय मावि डुमवानामा अध्ययनरत अपांगता भएका विद्यार्थी र जनता मावि रजघट्टामा अध्ययनरत अपांगता भएका विद्यार्थीसमेत गरी ६० जना रहेका छन् । उनीहरुका लागि एकमुस्ट ३० बोरा चामल, ६०लिटर खानेतेल, एक सय किलो दाल, ६० किलो नून र १ सय २० थान सावुन प्रदान गरिएको छ ।

1647060490547

इम्प्याक्ट बीरगञ्जका परियोजना अधिकृत विकास पोख्रेल र लेखाअधिकृत जयनारायण चौधरीले संयुक्त रुपमा अपांग सेवा सँघ बाराका सल्लाहकार गंगाप्रसाद वाग्लेलाई उक्त खाद्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । संस्थाका सल्लाहकार वाग्लेले यसरी होस्टल लगायत विभिन्न विद्यालयमा पढ्ने अपांगता भएका बालबालिकाका लागि खाद्य सामग्री उपलब्ध गराइ सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

1647060522953

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु