२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा कलेज सञ्चालक समितिको अध्यक्षपदमा अच्युतदेव सिटौला

२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित ( साल अघि) ८२२ पाठक संख्या

सिमरा, ११ चैतः मधेस प्रदेशको शैेक्षिक शान सिमरा कलेजको चौथो कलेज सभाबाट शिक्षासेवी अच्युतदेव सिटौला सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

1648215510251

शुक्रबार भएको कलेज सभाबाट सिटौला सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा रमेश पण्डित, गीता शर्मा, कृष्ण पुडासैनी, मधुकर अधिकारी, रवीन्द्रमानसिंह डंगोल, मेनुका लामा सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी नेपाल राष्ट्रिय मावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचायर्, २ नं वडाका वडाध्यक्ष तीलकबहादुर श्रेष्ठ र कलेज प्रमुख शालिकराम अधिकारी पदेन सदस्य रहनुभएको छ भने शिक्षक प्रतिनिधि र त्रि वि प्रतिनिधि पछि चयन गरिने बताइएको छ । कार्यसमितिका ३ सदस्य पछि अध्यक्षले मनोनित गर्ने बताइएको छ । होम बहादुर क्षेत्री, कर्णबहादुर थापा र भरत भूर्तेलको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत निर्वाचन गराएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु