२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

२०७८ चैत्र १५, मंगलबार मा प्रकाशित ( साल अघि) ४९८ पाठक संख्या

सिमरा, १४ चैतः धनगढीको सुदूरपश्चिम ११ लाई स्तब्ध पार्दै आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।सिमरा रंशगालामा सोमबार भएको खेलमा जनजागृतिले सुदूरपश्चिममाथी १–० को रोमाञ्चक जित निकालेको हो ।
1648503956701

प्रतिस्पर्धात्मक खेलमा जनजागृतिका लागि सुनिल खड्काले निर्णायक गोल गरे । खेलको ५०औं मिनेटमा सुनिले गरेको आकर्षक गोलनै जनजागृतिका लागि बिजयी गोल भयो ।घरेलु मैदानमा स्थानियसहित ए डिभिजन क्लबका खेलाडी लिएर मैदानमा उत्रिएको आयोजक बलियो देखियो । ए डिभिजनको फ्रेण्ड्स क्लबलाई उद्घाटन खेलमा ३–१ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिमको यात्रा भने आयोजकसंगको भिडन्तपछि सकिएको छ ।
आयोजकको खेल हेर्न सिमरा रंगशाला घरेलु दर्शकले भरिएको थियो । पाँच हजार भन्दा बढी घरेलु दर्शकलाई निराश हुन नदिएको आयोजकले सूदुरपश्चिमविरुद्ध प्रशंसा गर्न लायक खेल प्रदर्शन गरेको थियो । खेलको सुरुवातदेखीनै आयोजक हाबी देखियो ।सुदूरपश्चिमले खेलको सुरुवातमै पाएको एउटा अवसर गुमाउन पुग्दा लामो दुरी तय गर्दै बारा आएको टिम निराश बन्न पुग्यो । सुदूरपश्चिका लागि खेलको दोस्रो मिनेटमा विनोद केसीले उत्कृष्ट अवसर गुमाए । डिबक्स भित्र पाएको बललाई उनले सदुपयोग गर्न सकेनन् । बल नियन्त्रणमा लिन नसकेका विनोदले आकर्षक प्रहार गर्न नसक्दा आयोजकविरुद्ध अग्रता लिने अवसर गुमाएको थियो .पहिलो अवसर गुमाएपछि सुदूरपश्चिमले राम्रा अवसर सिर्जना गर्न सकेन् । आयोजक भने त्यसपछि लयमा देखियो । खेलको १०औं मिनेटमा आयोजकका सुनिल खड्काको प्रहार क्रसबार माथीबाट बाहिरियो । लगत्तै सुनिलले अर्को अवसर गुमाए । डोना थापाले सुदूरपश्चिमका रक्षापंक्तीलाई बिट गर्दै निकालेको पासमा सुनिल गोल गर्न चुके । उनको प्रहार फितलो देखिएको थियो ।ए डिभजिन क्लबबाट खेल्ने नाम चलेका डोना थापा, हेमन्त थापा मगरसहित मैदानमा देखिएको आयोजकले खेलको २७औं मिनेटमा अर्को अवसर गुमाएको थियो । डोनाको क्रस बललाई मोहित गुरु»ले सदुपयोग गर्न सकेनन् । दुई बिदेशी खेलाडीलाई समेत मैदानमा उतारेको आयोजकले स्थानिय खेलाडीलाई समेत प्रशिक्षक सोनु क्षेत्रीले टोलीमा सहभागी गराएका थिए ।खेलमा उत्कृष्ट तालमेलमा देखिएको आयोजकविरुद्ध खासै अवसर बनाउन नसकेको सुदूरपश्चिमले खेलको ३४औं मिनेटमा पाएको एउटा अवसरलाई गोलरक्षक सन्तोष महतले बिफल तुल्याएका थिए । सुदूरपश्चिमका पासाङ लामाले खेलको ३४औं मिनेटमा गरेको प्रहारलाई महतले सहजै नियन्त्रणमा लिए ।दुई अफ्रिकी मुलका खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिमका खेलाडी सफल हुन सकेनन् । जनजागृतिले दोस्रो हाफमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । दोस्रो हाफको सुरुवातमै आयोजकले खेलमा अग्रता लिएको थियो । झण्डै ३० यार्ड टाढाबाट सुनिल खड्काले प्रहार गरेको बलले सिधै जाली चुमको थियो । सुदूरपश्चिमका गोलरक्षक आकाश बुढा अगाडी बढेको मौकाको फाईदा उठाउदै सुनिलले टाढैबाट बल प्रहार गरेका थिए ।सुनिलको गोलले उत्साहित आयोजकका खेलाडीले त्यसपछि पाएका केही अवसर चुकाए । खेलको ८३औ मिनेटमा डोना थापाले गरेको उत्कृष्ट प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले नियन्त्रण लिए । डोनाले खेलमा पहिलो हाफ र दोस्रो हाफमा गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले मान्यता दिएनन् । उनको दुवै गोल अफसाईड घोषित गरिएको थियो ।खेलको अन्तिम समयमा आक्रामक देखिएको सुदूरपश्चिमले केही अवसर खेर फाल्दा आयोजकले प्रतियोगितामा पहिलो जित हात पार्‍यो । सुदूरपश्चिमका टिम मेनेजरले निर्धारित ९० मिनेटपछि थपिएको ईन्जुरी समयमा रातो कार्ड पाएका थिए । रेफ्रीसंग वादविवाद परेपछि नविन्द्र महर्जनले रातो कार्ड देखाउदै मेनेजर अनिल कठायतलाई मैदान बाहिर पठाएका हुन् ।सुदूरपश्चिमविरुद्ध निर्णायक गोल गरेका सुनिल खड्का खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र पाँच हजार नगद पुरस्कार प्राप्त गरे । आयोजकले अब फाईनल प्रवेशका लागि एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु