२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपकमा (एनआरटी)को सहज जीत

२०७८ चैत्र २०, आईतबार मा प्रकाशित ( साल अघि) ५९७ पाठक संख्या

सीता अधिकारी
जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाइनल खेलमा न्युरोड टिम (एनआरटी) ले सहज जित निकाल्दै उपाधि जितेको छ । बाराको सिमरा रंगशालामा शनिवार भएको अन्तिम प्रतिस्पर्धाको खेलमा विभागिय टिम एपिएफलाई ५—० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी जितेको हो ।

IMG_20220403_041514

एनआरटीलाई उपाधी दिलाउने क्रममा मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई–दुई गोल गरे भने दीपेश घलेले एक गोल गरे । एनआरटीका लागि यो उपाधी सिजनकै पहिलो हो । यो उपाधी उचालेसंगै एनआरटीले जीतपुरसिमरा गोल्डकप बिजेताको सूचिमा आफूलाई पनि उभ्याउन सफल भएको छ ।प्रतिस्पर्धात्मक पहिलो हाफको ईन्जुरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित हात पारेको हो ।
डिबक्स बाहिरबाट मेसुकेले गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न एपीएफका गोलरक्षक राजु नगरकोटी असफल देखिए । एक गोलको अग्रतासंगै दोस्रो हाफ सुरु गरेको एनआरटीले खेलको ६०औं मिनेटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दीपेश घलेले टिमका लागि दोस्रो गोल गरे ।दोस्रो पटक फाईनलमा पुगेर उपविजेतामा सिमित हुन पुगेको एपीएफले सुरुवात देखि आक्रामक खेल खेलेपनि फिनिसि»मा चुकेको थियो । एपीएफ फिनिसि»मा चुक्दा एनआरटी खेलमा हावी हुदै गएको हो ।
करिब १० हजार दर्शकको उपस्थिती रहेको रंगशालामा ए डिभिजनका दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । तर एनआरटीले लगातार गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलको ८१औं मिनेटमा एनआरटीले चौथो गोल थप्दा एपीएफका समर्थक निराश बन्न पुगे । मेसुकेले टिमका चौथो र प्रतियोगितामा व्यक्तिगत पाचौं गोल गरे ।एक पछि अर्को अवसरलाई स्कोरमा परिणत गर्न सफल एनआरटीले खेलको ८९औं मिनेटमा पाचौं गोल थप्यो । स्टेफन समिरले एनआरटीका लागि पाचौं गोल गरेका थिए । समिरको गोलसंगै एपीएफ अन्तिम भिडन्तमा लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।प्रतियोगिताको बिजेता एनआरटीले १० लाख र ट्रफि प्राप्त गर्‍यो भने उपविजेता बनेको एपीएफले पाँच लाख हात पारेको छ । विजेताले तथा उपविजेता टिमका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए । उनले एक थान बेनेली मोटरसाईकल प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत पुरस्कारतर्फ पनि एनआरटी हावी भयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्सको उपाधी एपीएफका राजन गुरु»ले प्राप्त गरे भने प्रतियोगिता अवधीभरी ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाई घोषित भए । प्रतियोगिताको फेयर प्लेको उपाधी बिजय युथ क्लब हटौडाले प्राप्त गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा चैत्र १० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच टिमको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु