२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

६५ औँ सहकारी दीवसको अवसरमा साना किसान कृषि सहकारी संस्था लि. सिमराद्वार अन्तरक्रिया कार्यक्रमको आयोजना

२०७८ चैत्र २०, आईतबार मा प्रकाशित ( साल अघि) ६५१ पाठक संख्या

सीता अधिकारी
६५ औँ सहकारी दीवसको अवसरमा साना किसान कृषि सहकारी संस्था लि. सिमराले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
1648984824220

संस्थाका अध्यक्ष कमला कुमारी रिमालको सभाध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य शोभाकर पराजुलीले जुन देशमा महिलाहरु सक्षम र अग्रसर हुन्छन् त्यो देशमा आर्थिक विकास र सम्वृद्धि हुने धारणा राख्नुभयो ।
1648984101818
कार्यक्रममा समाजसेवी शिला खनाल, सञ्चारकर्मी सीता अधिकारी, सेयरसदस्यहरु सुमित्रा श्रेष्ठ, चन्देश्वर आचार्य, कार्यसमिति सदस्य मिरा पुरी, कोषाध्यक्ष पुनमदेवी महतो, सचिव श्यामा सापकोटा लगायतले सहकारी दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थामा रहेर असल कार्य गरेवापत सेयर सदस्य शुभमकुमारी खत्रीलाई ५ सय ५ रुपियाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।
1648980268771

कार्यक्रमको सञ्चालन संस्थाका कुलोत्तम पोख्रेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु