२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जितपुरसिमरा वडा नं २ सम्झौता टोल भेला सम्पन्न

२०७८ चैत्र २९, मंगलबार मा प्रकाशित ( साल अघि) ३०७ पाठक संख्या

सिमरा,२९ चैत्रः नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ वडा कमिटिले आफ्नो क्षेत्र भित्र रहेको सम्झौता टोलमा टोल भेला सम्पन्न गरेको छ । सिमरा स्थित बनबाटिकामा भएको टोल भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मनोज पौडेलले नेकपा एमालेले बाहेक जनताको समस्या समाधान गर्न नसक्ने दावी गर्दै एमालेलाई जिताउनुको बिकल्प नरहेको जिकिर गर्नुभयो । वडा नं २ मा एमाले बलियो भएको र अबको निर्वाचनमा गठबन्धनलाई क्लिन स्विप गर्ने दावी गर्नुभयो । कार्यक्रममा वडा नं २ का उपसचिव श्रीराम रेग्मी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं २ का वडा सदस्य धन बहादुर श्रेष्ठ, समाजसेबि कृष्ण रिमाल, वडा उपसचिव सूर्य पोैडेललगायतको उपस्थिति रहेको थियो । वडा नं २ कमिटिका अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव बिशाल घिमिरेको रहेको थियो । साथै टोल भेलाबाट ३१ सदस्यीय सम्झौता टोल कमिटि गठन समेत गरेको छ । लक्ष्मी लामा राईको अध्यक्षतामा गठित कमिटिको उपाध्यक्षमा सुजन बि.क.,सचिवमा चमेली ठकुरी, उपसचिमा शर्मिला लामा, शान्ति लामालगायत रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु