२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराका विभिन्न ठाउँमा आगलागि हुँदा लाखौँको क्षति

२०७९ बैशाख ३, शनिबार मा प्रकाशित ( साल अघि) ३८९ पाठक संख्या

सिमरा, ३ बैशाखः बारामा मानवीय लापर्वाहीले एकै दिन चार स्थानमा आगलागि हुदा लाखैको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको जीतपुरसिमरा, महागढीमाई , कलैया र देवतालमा गरी शुक्रबार एकैदिन चार स्थानमा आगलागि भएको हो । आगलागिबाट करिब ३० लाख क्षति भएको प्रहरीले जनाएको छ ।
बाराको जीतपुरसिमरा १ पथलैया बस्ने शारदा देवी क्षेत्रीको जग्गामा हाइवा इन्फाटेट प्रा लि.ले बिजुलीको सरसामान भाडामा लिई राखेकोमा सोही ठाउ बस्ने मञ्जु भट्टराईको करेसामा फोहोर जलाउन बालेको आगोबाट उक्त सरसामानमा आगो सल्किन गई आगो लागी बिभिन्न सामाग्री गरी करिब बिस लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै महागढीमाई १ बरियारपुरस्थित भोला चुरिहारले आफ्नै गँहु काटीसकेको खेतमा राखेको गँहुको ठुटा जलाउने क्रममा आगो लाग्दा सात जना छिमेकीको अन्नपात गरी एक लाख ५२ हजार बराबरको क्षति भएको हो ।त्यसैगरी कलैया १२ सितलपुरमा सोनालाल यादवले गँहुको भुसमा आगो लगाई नष्ट गर्दा,उक्त आगो बढेर रसुला आलम,भास्कर प्र साह र मकसुद अंसारीले संचालन गरेको बारा पोल्ट्री फर्म कलैयाको २ वटा कुखुरा पाल्ने फुसको छानो भएको खोरमा आगो सल्की पाँच ५ लाख बराबरको क्षति भएको छ ।त्यस्तै देवताल७ पिपरपाती बस्ने बिजय यादवले आफ्नो खेतमा रहेको गहुँ काटी खेतमा बाकी रहेको गँहु डाठ जलाउने क्रममा दिनानाथ यादवको एक बिगहा खेतमा काट्न बाकी रहेको गहुँमा आगो लागि ८५ मन गहुँ जली नष्ट भएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु