२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा गठबन्धनबाट पौडेल र शाहीले गरे मनोनयन दर्ता

२०७९ बैशाख १३, मंगलबार मा प्रकाशित ( साल अघि) ३६८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १२ बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट राजन पौडेल र उपप्रमुखमा मेघा शाहीले उम्मेदवारी दर्ता गरााउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराउनुभएको हो । केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली काँग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको हो । प्रमुख पदका उम्मेदवा पौडेलको प्रस्तावकमा जयराम दाहाल र समर्थकमा कृष्णव्रत सिंह रहनुभएको छ । शाहीको प्रस्तावकमा राजेन्द्रकुमार शाही र समर्थकमा हिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
प्रमुख र उपप्रमुखमा तालमेल गरे पनि दुबै दलले वडा तहमा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएका छन् । दुबै दलको तर्फबाट उपमहानगरपालिकाको २४ वटै वडामा छुट्टाछुट्टै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तर वडा नं १ मा माओवादी र काँग्रेस तथा वडा नं २ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीवीच आवश्यकता अनुसार तालमेल हुन सक्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु