२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सार्वजनिक शिक्षा, स्वास्थ्य र सुशासनका लागि उम्मेद्वारीः गठबन्धनका उम्मेद्वार पौडेल

२०७९ बैशाख १३, मंगलबार मा प्रकाशित ( साल अघि) ९९३ पाठक संख्या

समृद्ध जीतपुरसिमरा उपमहानगरपालिका निर्माणका लागि युवाको दावेदारी भन्ने नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट राजन पौडेलले आफ्नो उमेद्वारी दर्ता गराएका छन् । हामीले जीतपुर सिमरा उपमहानगरपालिकामा आफ्नो उम्मेद्वारी दर्ता गराएका प्रमुख तथा उपप्रमुखहरुको उपमहानगरलाई समृद्धि शिखरमा पुर्याउन के के योजना छन् त ? आज हामीले जीतपुर सिमरा उपमहानगरको प्रमुखमा आफ्नो मनोनयन दर्ता गराएका राजन पौडेलको राजनीतिक संघर्षका बारेमा छोटकरीमा प्रकाशन गरेका छौँ :

को हुन् राजन पौडेल ?
सादा जीवन शैलीका राजन पौडेल वि. सं २०३५ साल चैत १० मा धादिगमा जन्मिएका हुन् । वि. सं २०४४ देखि बाराको सिमरामा बसोबास गर्दै आएका उनी पढाइमा पनि अब्बल नै थिए । आर्थिक अवस्था कमजोर भएपनि बौद्धिक नेताका रुपमा पनि उनी चिरपरिचित छन् । अघिल्लो स्थानीय चुनाव हारेपनि जनताका माझ लोकप्रिय रहेका पौडेल जनताकै बीचमा रहेर जनताका दुखसुखमा साथ दिँदै आएको बताउँछन् । उनी क्रान्तिकारी नेता हुन् । क्रान्तिकारिता भित्र पनि लोकतन्त्र, स्वतन्त्रता र शान्ति तथा विकासका लागि उनी वकालत गर्छन् । अखिल क्रान्तिकारीबाट २०५७ सालमा काठमाडौं क्याम्पसको स्ववियु सदस्य जितेर राजनीतिमा होमिएका पौडेल जनयुद्धमा लागेका थिए । उनी २०५८ मा १३ महिना जेल परेका थिए त्यसपछि फेरि २०६० साल माघमा गिरफ्तार भए र २०६३ जेठ १० गते रिहा भए । त्यसयता उनको राजनीति बारा जिल्लामै केन्द्रित भएको उनी बताउँछन्।

के छन् त योजना ?
सुशासन, पारदर्शिताका लागि भ्रष्टाचारमुक्त नगर बनाउन उनी लागि परेका छन् । सार्वजनिक शिक्षामा सुधार, प्राविधिक शिक्षामा जोड, युवालाई रोजगारका अवसर दिलाउने शिक्षा र शिक्षामा सबैको समान पहुँच पुर्याउने वातावरण तयार गर्न पनि आफ्नो उम्मेदवारी रहेको दावी गर्दछन् ।
जनसंख्याको चाप बढ्दै जाँदा एउटा मात्र प्राथमिक स्वास्थ्यकेन्द्र रहेको यस उपमहानगरमा आफूले स्वास्थ्यकै लागि अन्यत्र धाउनुपर्ने समस्यालाई मध्य नजर गर्दै यस उपमहानगरमा सर्वशुलभ रुपमा उपलब्ध हुन सक्ने स्वास्थ्य सेवा उपलब्ध गराउन आफ्नो उम्मेदवारी रहेको दावी गर्दछन् ।
औधोगिक नगरीको रुपमा रहेको यस उपमहानगरपालिकामा उद्योगलाई व्यवस्थित गर्न उद्योगबाट नगरका हरेक क्षेत्रमा सुधार गर्न उद्योगी व्यवसायी तथा उनीहरुको व्यवसाय सुरक्षित राख्न बढी भन्दा बढी युवालाई रोजगारका अवसर दिन, पर्यटन् विकास, वातावरण संरक्षण, सरसफाइ, माटो सुहाउँदो कृषि बाली, तथा लक्ष्यित समुदायको उत्थानका लागि आफ्नो उमेद्वारी भएको बताएका छन् ।

प्रस्तुतिः सीता अधिकारी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु