२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमरामा वडाध्यक्ष पदका उम्मेदवारको मनोनयन दर्ता खारेज

२०७९ बैशाख १४, बुधबार मा प्रकाशित ( साल अघि) ३९८ पाठक संख्या

सिमरा, १४ बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भूदेव चौधरीको मनोनयन दर्ता खारेज भएको छ । चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भन्दै मनोनयन खारेज भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उहाँको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि चौधरीको नाम खारेज गर्नुपरेको हो । बाराका भूदेव चौधरीको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको बताइएको छ । यता नेकपा एमालेका नगरअध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठिक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो भएको बताउनुभयो । उहाँका अनुसार अन्य ठाउँमा पनि यस्तो समस्या आएकोले केन्द्रीय निर्वाचन कार्यलयमा आवश्यक पहल भैरहेको छ । उहाँले परिणाम सुखदआउन सक्ने सम्भावना रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु