२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नगरमा लागेको भ्रष्टाचारको दाग हटाइ सुशासन कायम गर्न उम्मेद्वारीः सञ्जय साह

२०७९ बैशाख १४, बुधबार मा प्रकाशित ( साल अघि) ७६५ पाठक संख्या

समृद्ध जीतपुरसिमरा उपमहानगरपालिका निर्माणका लागि युवाको दावेदारी भन्ने नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सञ्जयकुमार साहले आफ्नो उमेद्वारी दर्ता गराएका छन् । हामीले जीतपुर सिमरा उपमहानगरपालिकामा उम्मेद्वारी दर्ता गराएका प्रमुख तथा उपप्रमुखहरुका बारेमा उनीहरुको भिजन र योजनासहितका कुरालाई प्रकाशन गर्दै आएका छौँ । यसै सन्दर्भमा आज हामीले लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयर पदमा मनोनयन दर्ता गराएका उनै सञ्जयकुमार साहसँग उपमहानगरलाई समृद्धिको शिखरमा पुर्याउन के के योजना छन् त ? उनको योजना र दृष्टिकोणलाई प्रस्तुत गरेका छौःँ

को हुन् सञ्जय साह ?

सरल स्वभावका सञ्जय साह वि. सं २०३३ जेठ १ गते बारा जिल्लाको कोल्हवीमा जन्मिएका हुन् । त्रिजुद्ध मावि वीरगञ्जबाट विद्यालय तहको पढाइ पूरा गरेका साहले अमृत साइन्स क्याम्पस काठमाडौँबाट आइएससीसम्मको अध्ययन पूरा गरेका छन् । समाजको सेवा नै आफ्नो उदेश्य बताउने उनले सन् २००१ देखि रोटरी क्लव अफ मेट्रो पोलिसको संस्थापक सदस्य भएर समाजसेवा सुरुवात गरेका थिए । जीतपुरमा २०५६ सालबाट व्यापार व्यवसाय गर्दै आएका साह बारा उद्योग बाणिज्य सँघको उपाध्यक्ष र पछि जीतपुर सिमरा नगर उद्योग वाणिज्य सघका अध्यक्ष भए । इमान्दार र कर्मठ योद्धको रुपमा रहेका उनी उद्योग वाणिज्य सँघमा रहेर निकै काम गरेको दावी गरेका छन् । जीतपुरसिमरामा भएका दुइवटा एम्बुलेन्सको मर्मत गरी सञ्चालन गरेको र एउटा एम्बुलेन्स थप गरी सञ्चालन गरेको बताउँछन् । कोरोना कालमा अक्सिजन बैँकको स्थापना गरी समाजमा सेवा पुर्याएको, अक्सोमिटर स्थापना गरेको लगायतका काम गरेको साहले बताएका छन् ।

के छन् त योजना ?

जीतपुरसिमरामा लागेको भ्रष्टाचारको दाग हटाइ सुशासन स्थापना गर्ने, नगरपालिकालाई साधनस्रोत युक्त बनाउने, किसानको उत्पादनलाई बजारीकरण गर्न उचित मूल्य दिलाउने,
आयात घटाइ निर्यात बढाउन जोड दिने, परम्परागत शिक्षालार्य हटाइ स्कील ट्रेन मयानपावर उतपादन गर्ने र रोजगार िदिलाउने, नगरमा सुविधासमपन्न अस्पताल स्थापना गर्ने, प्रौढ क्लव खोल्ने, घरमा वेरोजगार भएका महिलाहरुलाई रोजगारीको अवसर उपलब्ध गराउने, नगरलाई उत्पादन हवको रुपमा विकास गर्ने योजना रहेको साहले बताएका छन् ।

प्रस्तुतिः सीता अधिकारी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु