२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेका जीतपुरसिमराका चौबिसै वडाका उम्मेद्वारहरु गठबन्धनलाई सहयोग गर्न तयार

२०७९ बैशाख १७, शनिबार मा प्रकाशित ( साल अघि) ८६१ पाठक संख्या

 

सिमरा, १७ बैशाखः नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिसै वडाका वडाध्यक्षका उम्मेद्वारहरुले पूर्ण रुपमा गठबन्धनलाई सहयोग गर्ने बताएका छन् । नगरसमितिका सभापति छवि पौडेलका सभापतित्वमा भएको भेलामा २४ वटै वडाका सभापति र वडा अध्यक्षका उम्मेदवारहरुले गठबन्धनका मेयर उपमेयरलाई पूर्णरुपमा सहयोग गर्ने बताएका हुन् । कार्यक्रममा मेयर उपमेयरका प्रत्यासी राजन पौडेल र मेघा शाहीको समेत उपस्थितिमा समेत राखेर गठबन्धनप्रति इमान्दारिता देखाउन आग्रह गरिएको थियो । कार्यक्रममा मेयरका उम्मेद्वार राजन पौडेलले नगरमा सुशासन शासन कायम राख्ने बताउनुभयो । उहाँले व्यक्तिमुखी बजेट नभएर नगरमुखी बजेट बनाउन र यस नगरलाई नेपालको उत्कृष्ट नगर बनाउन पनि आफूलाई जिताउन आग्रह गर्नुभयो । आफूले नगरमा जितेमा यो पार्टीको र त्यो पार्टीको भनी भेदभाव नगर्ने बताउनुभयो । कार्यक्रममा उपमेयरकी प्रत्यासी मेघा शाहीले सबै वडा सभापति र वडाअध्यक्षका प्रत्यासीहरुलाई मैत्रीपूर्ण प्रतिस्पपर्धाबाट बढी भन्दा बढी वडा जित्दै गठबन्धनको मेयर र उपमेयरलाई जिताउन अनुरोध गनुृभयो ।
कार्यक्रममा नेपाल िकाँग्रेसका नेताहरु मधु शाही, निरु रायमाझी , शोभा लामा, हरि थपलियालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण इच्छा बहादुर वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ वडा सदस्य पुस्कर रायमाझी र रामबहादुर अधिकारीले मेयर तथा उपमेयरलाई विजयको लागि शुभकामना दिँदै अविर तथा खादा लगाइदिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु