२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा दीप प्रज्जवलन कार्यक्रम

२०७९ बैशाख १८, आईतबार मा प्रकाशित ( साल अघि) ६४८ पाठक संख्या

सिमरा, १८ बैशाखःअन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा आज साँझ दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धीमूलक बनाउन नेपाल सरकार र स्वीस सरकार बीच भएको दिपक्षीय सम्झौता बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल, प्रदेश सरकारको समन्वय, हेल्भेटास नेपालको प्राविधिक सहयोग, कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका र बारागढी गाउँपालिकाको नेतृत्वमा दलित जनजाति उत्थान केन्द्र बाराको सहजीकरणमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत आप्रवासी हकहित संजाल बाराका पदाधिकारीहरुको अगुवाईमा कलैया उपमहानगरपालिकाको भरत चौक, जीतपुरसिमरा उपमहानगरपालिकाको औराहा चौक, सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ बजार र बारागढी गाउँपालिका कार्यालय प्रांगणमा दीप प्रज्जवलन गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईयो । उक्त दीप प्रज्जवलन कार्यक्रम आप्रवासी हकहित संजाल बाराका पदाधिकारी प्रमोद जयसवालको नेतृत्वमा भरत चौक कलैया, सुनिल कुमार जयसवालको नेतृत्वमा सिम्रौनगढ बजार, सिम्रौनगढ र उपेन्द्र चौधरीको नेतृत्वमा खोपवा बारागढी ,शंकर सिम्खडाको नेतृत्वमा औराहा चौक, जीतपुरसिमरामा आप्रवासी हकहित संजाल बारा का कोषाध्याक्ष सबिता तिवारी , सदस्य कमला श्रेष्ठ , कबिता देवकोटाको उपस्थितिमा सम्पन्न भएको कुरा आप्रवासी हकहित संजाल मधेस प्रदेश का महासचिव शंकर सिम्खडाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु