२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गठबन्धनका उम्मेद्वारलाई नै सघाउने दलीय महिला समूहको पनि निर्णय

२०७९ बैशाख १९, सोमबार मा प्रकाशित ( साल अघि) ५०० पाठक संख्या

सिमरा, १९ बैशाखः जीतपुर सिमरा उपमहानगरपालिकाको पाँच दलीय महिला गठबन्धनको बैठक बसी गठबन्धनको केन्द्रीय तहमा भएको निर्णयअनुसार नै चुनावमा सहभागी हुने जनाएका छन् । नेपाली काँग्रेसकी वरिष्ठ महिला नेतृ नारायणी रायमाझी (निरु)को संयोजकत्वमा बसेको महिलाहरुको बैठकले दलीय गठबन्धनको तर्फबाट केन्द्रीय तहमा भएको निर्णय बमोजिम यस उपमहानगरपालिका भित्र नेकपा माओवादी केन्द्रका प्रमुख र नेपाली काँग्रेसका उपप्रमुख भएकोमा केन्द्रीय निर्णयअनुसार अघिबढ्ने निर्णय भएको हो । बैठकमा नेपाली काँग्रेसका तर्फबाट नारायणी रायमाझी, गीता शर्मा, नेकपा माओवादी केन्द्रबाट गीता कँडेल, शीला खनाल, नेकपा एकीकृत समाजवादीका तर्फबाट सीता गुरुगं, सरिता सुब्बा, मञ्जु बानिया र पुन्यवति कँडेलको उपस्थिति रहेको थियो ।

यो लिंक खोलेर पढ्नुहोसः

जीतपुरसिमरामा पनि मिल्यो स्थानीय नेतृत्वबीचमा कुरा, गठबन्धनभन्दा बाहिर नजाने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु