२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सार्वजनिक शिक्षामा गुणस्तरीयता तथा वडालाई कृषि हव बनाउँछुः राजु तिमल्सेना

२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ( साल अघि) ३१८ पाठक संख्या

सिमरा, २०बैशाखः भद्र र शालिन व्यक्तित्वका रुपमा रहेका राजु तिमल्सेना बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ को युवा ढुकढुकी हुन् । २०३५ असोज १२ गते डुमरवानामा जन्मिएका उनी २०५२ सालदेखि राजनीतिमा होमिएका हुन् । सुरुमा विद्यार्थी राजनीति गरेका उनी पछि नेपाल िकाँग्रेस पाटी केन्द्रित राजनीति गर्न थालेका हुन् । व्यवस्थापन अध्ययन गरेका उनी पार्टीभित्र इमान्दार र निष्ठावान नेताका रुपमा चिनिन्छन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदमा उम्मेद्वार बनेका तिमल्सेना आफ्नो कार्यशैली हेरेर जनताले मूल्यांकन गर्ने बताउँछन् ।

1651550358671

के छन् त योजना ?

सार्वजनिक शिक्षामा गुणस्तरीयता, सुशासन, आफ्नो वडालाई कृषि हवको रुपमा विकास गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, स्थानीय रुपमा उत्पादित कच्चा पदार्थलाई घरेलु उद्योगमार्फत लैजाने, वर्थिगं सेन्टर पुननिर्माण र सञ्चालन, दीर्घरोगी विरामीका लागि घरघरै परीक्षण गर्ने व्यवस्था, जेष्ठ नागरिकका लागि वृद्ध क्लवका व्यवस्था, बालबालिका, महिला, दलितअ आदीवासी जनजातिका आगि आवश्यकता तथा प्राथमिकताका आधारमा योजनाहरु सुनिश्चित गर्दै जाने नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेद्वार राजु तिमल्सेनाले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु